सुनको मूल्यका लगातार घटबढ, आज घट्यो !

काठमाडौँ – हप्ताको शुरुवात देखि नै घटबढ भइरहेको सुनको मूल्य आज घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको हो। यस गिरावटसँगै छापावाला सुनको मूल्य ८६ हजार २ सय र तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ५० कायम भएको छ।

यस साता सुनको मूल्य

यस हप्ता छापावाला सुन ८५ हजार ६ सय देखि ८६ हजार ८ सय रुपैंयाँ सम्ममा कारोबार भयो। छापावाला सुनको मूल्य आइतबार ८६ हजार १ सय, सोमबार ८६ हजार २ सय, मंगलबार ८५ हजार ६ सय, बुधबार ८६ हजार २ सय र बिहिबार ८६ हजार ८ सय रुपैंयाँ थियो।

त्यस्तै यस हप्ता तेजाबी सुन ८५ हजार १ सय ५० देखि ८६ हजार ३ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो। सुनको मूल्य आइतबार ८५ हजार ६ सय ५० , सोमबार ८५ हजार ७ सय ५०, मंगलबार ८५ हजार १ सय ५०, बुधबार ८५ हजार ७ सय ५० र बिहिबार ८६ हजार ३ सय ५० रुपैंयाँ थियो।

चाँदीको मूल्य

चाँदी साताभरमा २० रुपैयाँ महँगिएको छ । चाँदी १२ सय ५० देखि १२ सय ८५ सम्ममा कारोबार भयो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य १२ सय ७० छ।

प्रकाशित : शुक्रबार, फागुन २८, २०७७१२:२४

नेप्सेमा ५१ अङ्कको गिरावट, तर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिए !