मेस्सी र रोनाल्डो दुबै पीएसजीमा ? यसबारे बोले पीएसजीका प्रमुख !

पेरिस सेन्ट-जर्मेनका निर्देशक लियोनार्डोले क्लबसँग लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको नाम जोडिएको सम्बन्धमा प्रतिक्रिया जनाएका छन्।

मेस्सी र बार्सिलोना बीचको सम्झौता जारी सिजना अन्त्यमा सकिँदैछ। उनले सिजनको अन्त्यमा बार्सिलोना छाड्ने र पीएसजी जाने धेरैको अनुमान पनि रहेको छ। त्यस्तै, च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि रोनाल्डोले युभेन्टस छाड्ने हल्ला चल्न थालेको छ। यस्तोमा आरएमसी स्पोर्टसँग कुरा गर्दै पीएसजीका निर्देशक लियोनार्डोले यसबारे प्रतिक्रिया दिँदै क्लब उत्कृष्ट खेलाडी भ्त्र्याउनको लागि सधैं तयार रहेको बताए।

मेस्सी पीएसजीसँग अनुबन्ध हुने सम्भावनाको बारेमा सोध्दा पीएसजी प्रमुखले भने,”अहिलेका खेलाडीको सम्झौता नविकरण गर्ने बाहेक हामीले भविष्यको बारेमा अहिले नै केहि सोचेका छैनौं। यो कुरा सिजनको आर्थिक परिणाममा भर पर्छ। अहिलेसम्म केहि योजना छैन। यसको बारेमा हामी सचेत छौं।”

लियोनार्डोले पीएसजीको रोनाल्डोमा चासो रहेको कुरा इन्कार गरे तर क्लबले उत्कृष्ट खेलाडी अनुबन्ध गर्ने सम्भावना सधैं रहेको स्वीकार गरेका छन्। रोनाल्डो र मेस्सी दुबै पीएसजीमा जाने सम्भावना निकै कम रहेपनि यी दुई मध्ये एक भने फ्रेन्च च्याम्पियनसँग अनुबन्ध हुनसक्ने सम्भावनालाई इन्कार गर्न मिल्दैन।

प्रकाशित : शुक्रबार, फागुन २८, २०७७१९:१५

नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा हुने