अनुहारमा एउटा मात्र डण्डीफोर आयो भने पनि त्यसले अनुहारको सौन्दर्य बिगार्न सक्छ। गर्मीको समयमा डण्डीफोर आउने समस्या सामान्य हो। कहिलेकाँही शरीरको आन्तरिक तापको कारण पनि अनुहारमा डण्डीफोर देखा पर्छ भने कहिलेकाँही यो धुलो-धुवाँको कारणले हुन्छ। एक पटक तपाईंको अनुहारमा डण्डीफोर देखा पर्यो भने त्यो हराउनको लागि ३ देखि ४ दिनसम्म लाग्न सक्छ। यस्तोमा आज हामी तपाईंलाई यस्तो उपायको बारेमा बताउँछौं जसले तपाईंको डण्डीफोर एक दिनमा हटाउन मद्दत गर्छ।
अनुहारमा आएको डण्डीफोर हटाउनको लागि सबैभन्दा पहिला आफ्नो अनुहार सफा पानी र राम्रो फेसवासले धुनुहोस्। त्यसपछि, भुलेर पनि फोहोर कपडाले मुख सफा नगर्नुहोस् र डण्डीफोरमा हात नालागाउनुहोस्, अन्यथा डण्डीफोर अनुहारभर फैलिन सक्छ। त्यसैले अनुहार आफैं सुक्न दिनुहोस्।
फेस प्याक
अब एक फेस प्याक तयार गर्नुहोस्। चन्दनको पाउडर र कागतीको रसको साथ मुलतानी माटो मिक्स गर्नुहोस्। यो एक प्राकृतिक फेस प्याक हो, जसले अनुहारमा कुनै पनि हानी गर्दैन। यो फेस प्याक तपाईंको अनुहारमा लगाएर ५ मिनेटसम्म त्यत्तिकै रहन दिनुहोस्।
आइस क्युब प्रयोग गर्नुहोस्
पाँच मिनेटपछि आइस क्युबको मद्दतले पिम्पल भएको ठाउँमा मसाज गर्नुहोस्। तपाईंको छाला पूरै चिसो हुन थाल्छ भने पनि यसलाई लगातार रगड्नुहोस्। कुल दुई आइस क्युब्स तपाईंले अनुहारमा रब गर्नुपर्छ। आइसक्युबको शीतलताले डण्डीफोर एकै दिनमा हटाउन मद्दत गर्छ।
सफा कपडाको प्रयोग गर्नुहोस्
आफ्नो अनुहार सफा गर्नको लागि सफा कपडा प्रयोग गर्नुहोस्। अधिक भन्दा अधिक पानी पिउनुहोस् र चिया, कफी र गर्मी गराउने चीजहरुको सेवन गर्न छाड्दिनुहोस्। अनुहार एकदमै सफा देखिनेछ।