के हो कालसर्प योग ? जान्नुहोस् अन्य योगहरु पनि !

वैदिक ज्योतिषमा कुनै व्यक्तिको जन्मकुण्डलको विशेष महत्त्व हुन्छ। कुण्डलीलाई जन्मपत्री पनि भनिन्छ। कुनै पनि व्यक्तिको कुण्डलीको जन्म मिति, जन्मस्थान र समयको आधारमा ग्रह तथा नक्षत्रको गणना गरेर कुण्डलीमा रहेको गुण-दोषको बारेमा पत्ता लगाइन्छ। मानिसको कुण्डलीमा भएको दोषका कारण विभिन्न समस्या आउँछन्। जान्नुहोस्, कुण्डलीमा देखिने दोषका बारेमा….

मांगलिक दोष 

जब कुण्डलीमा लग्न भाव, चौंथो भाव, सातौं भाव, आठौँ भाव र दशौं भावमा मंगल स्थित हुन्छ तब कुण्डलीमा मंगल दोष बन्दछ। मंगल दोषले एक व्यक्तिमा विवाहसँग सम्बन्धि समस्याहरू, रगतसँग सम्बन्धित रोगहरू र भूमि निर्माण समस्याहरू निम्त्याउँछ।

कालसर्प दोष 

राहु-केतुको कारण कालसर्प दोष निर्माण हुन्छ। कुण्डलीमा कलसर्प योग बन्नाले मानिसलाई सन्तान सम्बन्धि तथा धन सम्बन्धि समस्या आउन थाल्छ र जीवनमा विभिन्न उतार-चढाव आउन सुरु हुन्छ।

शनि दोष 

कुण्डलीमा निर्माण हुने शनि दोषलाई अत्यन्त अशुभ मानिन्छ। शनि दोष हुनाले मानिसले समाजमा अपमानित हुनुपर्छ। शनि दोषका कारण तपाईले अयोग्यता, काम र व्यवसायमा घाटा भोग्नुपर्छ।

पितृदोष 

कुण्डलीमा पितृदोष त्यति बेला हुन्छ जब सूर्य, चन्द्र, राहु वा शनि मध्ये दुई ग्रह एकै घरममा अवस्थित हुन्छन्। पितृदोषका कारण सन्तान सम्बन्धि समस्याहरू देखा पर्दछन्।

प्रेत दोष 

कुण्डलीमा प्रथम भावमा राहुसँग चन्द्र ग्रहको संयोजन हुँदा र पन्चम वा नवम भावमा कुनै क्रूर ग्रह स्थित छ भने उक्त व्यक्तिमा भूत, पिशाच वा दुष्टात्माको प्रभाव हुन्छ।

चाण्डाल दोष 

मानिसको कुण्डलीमा बृहस्पति र राहुको संयोजन हुनाले चाण्डाल दोष निर्माण हुन्छ। कुण्डलीमा यस दोषको निर्माण हुँदा मानिस खराब संगतमा पर्छ।

ग्रहण दोष 

जब कुण्डलीमा सूर्य वा चन्द्रको संयोजन राहु वा केतुसँग हुन्छ ताना यो दोष निर्माण हुन्छ। ग्रहण दोषका कारण व्यक्ति धेरै डराउन थाल्छ। यस दोषबाट पीडित व्यक्तिले सँधै आफ्नो काम अधुरो छोडेर नयाँ कामको बारेमा सोच्न थाल्छ।

अमावस्या दोष 

ज्योतिषमा, कुण्डली बनाउने क्रममा चन्द्रमालाई धेरै ध्यान दिइन्छ। चन्द्रमालाई मनको कारक मानिन्छ। सूर्य र चन्द्र एकै घरमा हुँदा त्यसलाई अमावस्या दोष भनिन्छ। अमावस्या दोषका कारण व्यक्तिले सबै प्रकारका समस्याहरूको सामना गर्नुपर्दछ।

प्रकाशित : शुक्रबार, फागुन २८, २०७७१९:०९

वर्षकै अन्तिम पटक सूर्यले गर्दैछ राशि परिवर्तन, हरेक राशिमा यस्तो प्रभाव !