काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएर आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएका छन्।
जिम्मेवादी दिइएका नेताहरुमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा सहितका नेताहरु पनि छन्। माओवादी केन्द्रबाट आएका बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ। माओवादी तर्फकै लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् भने मणिचन्द्र थापालाई कर्णालीको जिम्मेवादी पाएका छन्।
यस्तै ओलीले माओवादी केन्द्रबाट आएका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित पनि गरेका छन्। केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा बादल, भट्ट, थापाका अलावा प्रभु साह पनि छन्।
ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका पूर्वमाओवादीहरु निम्न छन् –
१) रामबहादुर थापा २) टोपबहादुर रायमाझी ३) लेखराज भट्ट ४) मणिचन्द थापा ५) प्रभु साह ६) टंक आङबुहाङ ७) पासाङ शेर्पा ८) ज्वाला साह ९) टेकबहादुर बलामी १०) कमल जंग ११) मनोज थापा १२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा १४) दधिराम न्यौपाने १५) दिनेश पन्थी १६) नवीन रोका १७) धर्मराज रेग्मी १८) डम्बर विष्ट १९) गौरीशंकर थारु २०) झपट बोहरा २१) दावा लामा २२) चन्द्रबहादुर खड्का

