मेस्सीलाई रामोसको अफर “रियलमा आउ, मेरो घरमा बस “

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले रियल म्याड्रिडका कप्तान सर्जियो रामोसको तर्फबाट एउटा अफर प्राप्त गरेका छन्। रामोसले यदि मेस्सी बार्सिलोना छाडेर म्याड्रिड आएको खण्डमा उनलाई आफ्नो घरमा राख्न तयार रहेको बताएका छन्।

बार्सिलोना र मेस्सी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। यस्तोमा मेस्सीले बार्सिलोना छाड्ने बारे अहिले नै निर्णय नगरेता पनि उनी अर्को सिजन बार्सिलोना भन्दा अन्य क्लबबाट खेल्ने अनुमान गरिरहेका छन्।

यस्तोमा रियलका कप्तान रामोसलाई उनले मेस्सीलाई रियलमा स्वागत गर्ने वा नगर्ने भनेर प्रश्न सोध्दा रामोसले ट्विच शो ‘कार्लान्डो ट्रान्कीलामेन्टे’ मा भने, “अवश्य पनि, १०० %, उनी मेरै घरमा बस्न सक्छन्। यसमा म निकै खुसी हुनेछु।”

रियल म्याड्रिडमा आफ्नो भविष्य निश्चित नभएका रामोसले मेस्सीको तारिफ गर्दै उनी क्लबमा आए म्याड्रिड अझ बलियो हुने र क्लबलाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताएका छन्। उनले भने, “म्याड्रिड फ्यान्सले मेस्सीका प्रमुख वर्षहरु आफ्नो प्रतिद्वन्दी क्लबबाट खेलेको हेर्नु पर्यो। त्यसैले, उनी विरुद्ध खेल्नु नपर्दा पनि ठूलो राहत मिल्नेछ र अवश्य उनको उपस्थितिमा म्याड्रिडले हरेको उपाधि जित्न सक्छ।”

प्रकाशित : शनिबार, फागुन २९, २०७७११:०९

“हाम्रो हात चलेजस्तो मेस्सीको खुट्टा चल्छ”