काठमाडौँ – नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा मन्त्री रहेकाहरुलाई फिर्ता हुन निर्देशन दिएको छ।
शनिबार पेरिसडाँडास्थित माओवादी कार्यालय बसेको स्थायी समिति बैठकले माओवादी तर्फबाट मन्त्री भएकाहरुलाई मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको हो।
शनिबार पेरिस डाँडामा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
वर्तमान सरकारमा माओवादी केन्द्रको तर्फका पाँच मन्त्री छन्। माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् ।
केपी शर्मा ओली क्याबिनेटमा रहेका सबै मन्त्रीहरु माओवादी केन्द्र फर्किने अवस्थामा छैनन्। शुक्रबार मात्रै पाँच मन्त्री सहित माओवादी केन्द्रका २३ जना नेतालाई ओलीले नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरिसकेका छन्।
नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित हुनेहरुमा बादल सहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकले गरेका निर्णय यस्ता छन् –
माओवादी केन्द्र तर्फका संघिय मन्त्रीहरूलाई फिर्ता बाेलाउने ।
एमालेकाे कमिटीमा राखिएका .संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने ।
२०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ ।
२०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।

