पहाडी भूभागको मौसममा परिवर्तन, मेघगर्जनसहित पानी पर्ने !

काठमाडौँ – पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने छ । आइतबारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना रहेको बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन २९ गते (शनिबार)

दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भू-भागहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भू-भागहरुमा हल्का हिमपातको संभावना रहेको छ।

चैत्र ०१ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। बागमती प्रदेश र प्रदेश नं १का पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती : : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०२ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती : : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहने छ बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : शनिबार, फागुन २९, २०७७११:४०

माधव नेपाल सहित एक दर्जन नेता माथि कारवाही हुँदै, पार्टीबाट हटाउने सम्मको तयारी !