आज शनि अमावस्या, यी १० उपायले प्रशन्न पार्नुहोस् शनिदेवलाई !

शनि अमावस्या, शनिबारको दिन पर्ने अमावस्यालाई भनिन्छ। यो वर्ष फागुन २९ गते अर्थात आज शनि अमावस्या परेको छ। धार्मिक दृष्टिकोणबाट शनैश्चरी अमावस्याको विशेष महत्त्व छ। यस दिन शनिदेवको कृपा प्राप्त गर्नको मानिस शनिको पूजा गर्ने गर्छन्। ज्योतिषका अनुसार शनि अमावस्याको दिनमा शनि ग्रहको शान्तिको लागि उपायहरू अपनाएर शनि ग्रहको शुभ फल प्राप्त गर्न सक्छन्। शनि अमावस्याको दिनमा यी उपायहरू प्रयोग गरेर तपाईं शनि महाराजको आशीर्वाद पाउन सक्नुहुन्छ:

१. फलामको भाँडोमा तोरीको तेल राख्नुहोस् र त्यसमा आफ्नो अनुहार हेर्नुहोस् र त्यसलाई भिखारीलाई दान दिनुहोस्। जसको साढेसाती, शनिको छाया वा शनिको कुनै दशा चलिरहेको छ उनीहरु यस दिन मासु र कुनै पनि प्रकारको अनैतिक कामबाट टाढा रहनु पर्छ।

२. शनि अमावस्याको दिन पीपलको रूखलाई श्रद्धासाथ छुनुहोस् र ‘ओम नमः शिवाय’ १०८ पटक जप गर्नुहोस्। ब्रह्मा पुराणक अनुसार शनि अमावस्याको दिनमा जसले पीपलको रुखको स्पर्श गर्छ उसलाई शनिको दशाले कहिले पनि सताउँदैन।

३. यस दिन कालो कपडामा कपुए बेरेर शनिदेवको आरती गर्नुहोस्। आरती सबै कोठामा घुमाउनुहोस्। यसो गर्नाले घरमा रहेका सबै नकारात्मक शक्तिहरु नष्ट हुनेछन्।

४. शनि अमावस्याको दिनमा शनि महाराजलाई कालो तिल अर्पण गर्नुहोस्। तपाईं कालो तिल दान पनि गर्न सक्नुहुन्छ। यो सरल उपाय गरेर तपाईं शनिदेवको कृपा प्राप्त गर्न सक्नुहुन्छ।

५. शनैश्चरी अमावस्याको दिनमा भगवान शिवको पूजा गर्नुहोस्। शिव सहस्त्रनाम वा शिवको पञ्चक्षरी मन्त्र पाठ गर्नाले शनिको कारण हुने सबै समस्या हटेर जानेछ।

६. शनैश्चरी अमावस्यामा शनि महाराजलाई निलो रंगको फूल प्रदान गर्नुहोस् र तिलको तेलमा कालो बत्ती बत्ती बाल्नुहोस्।

७. शनि अमावस्यामा शनिदेवको पूजा गर्दा ॐ प्रां प्रीं प्रौं स: शनिश्चराय नम: मन्त्रको तीनवटा माला जप गर्नुहोस्। यो उपाय शनि दोष हटाउन धेरै प्रभावकारी मानिन्छ।

८. शनैश्चरी अमावस्यामा शमीको बोट रोप्नुहोस् र नियमित पूजा गर्नुहोस्। यसो गर्नाले पूरा घरको वास्तु दोष हट्नुका साथै शनिदेवको कृपा पनि प्राप्त हुनेछ।

९. शनैश्चरी अमावस्याको दिनमा सूर्यास्त पछि पीपलको रूखमुनि बसेर शनिदेवको ध्यान गर्नुहोस्। जसपछि तोरीको तेलमा बत्ती बाल्नुहोस्।

१०. शनैश्चरी अमावस्यामा बजरंगबलीको पूजा गर्नुहोस्। यो उपाय गर्नाले शनि सम्बन्धि सबै दोष हटेर जान्छ। यस दिन सुन्दरकाण्डको पाठ गर्नु र हनुमान जीको मन्दिरमा प्रसाद चढाउनु पनि शनि दोषबाट छुटकारा पाउनको लागि एक प्रभावकारी तरीका हो।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१९:२७

यस्ता नङ हुने मानिस रिसालु हुनुको साथै हुन्छन् अपार धनको मालिक