हालान्ड बार्सिलोनाको मुख्य टार्गेट

बार्सिलोनाको अध्यक्ष पदमा जोआन लापोर्टा पूरा उर्जाका साथ फर्किसकेका छन्। यस्तोमा उनको अध्यक्षतामा बार्सिलोनाले कस्तो सफलता प्राप्त गर्छ भन्नेमा चर्चा चल्न सुरु भइसकेको छ। उनको आगमनले बार्सिलोनाका फ्यान्स र खेलाडीहरु पनि निकै खुसी देखिन्छन्। अब सबैको नजर उनको प्रोजेक्टमा रहेको छ।

क्लबकको अध्यक्ष बन्नासाथ उनी समर ट्रान्सफर विन्डोमा एर्लिंग हालान्डलाई क्लबमा भ्त्र्याउन तिर लागेका छन्। आउँदो समर ट्रान्सफर विन्डोमा बार्सिलोनाको नजर सर्जियो अगुएरो, एरिक गार्सिया जस्ता खेलाडीमा रहेपनि बार्साको प्रमुख लक्ष्य भने हालान्ड हुनेछन्।

क्लब आर्थिक संकटमा रहेको समयमा हालान्डलाई क्लबमा अनुबन्ध गर्नको लागि क्लबले ठूला नामहरु बेच्ने योजना गरिरहेको बताइएको छ। यस्तोमा फिलिपे कौटिन्हो, सामुएल अम्टिटी, मार्टिन ब्र्याथवेट, जुनियर फिर्पो र एन्टोइन ग्रिज्मन जस्ता खेलाडी अर्को सिजन बार्सिलोनामा नरहन पनि सक्छन्।

यो सिजन ३१ गोल र ८ असिस्ट प्रदान गरिसकेका हालान्डमाथि थुप्रै क्लबको नजर रहनेछ। हालान्ड क्लबको प्रमुख लक्ष्य भएता पनि बार्सिलोनाले अन्य खेलाडी पनि भित्रयाउने विश्वास छ। एरिक गार्सिया, सर्जियो अगुएरो, मेम्फिस डेपे, डेभिड अलाबा र जर्जिन्हो विनहाल्डम जस्ता खेलाडी पनि बार्सिलोनाको नजरमा रहेको बताइन्छ।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१९:२६

“रोनाल्डो एक्लै खेलेका हुन् र रोनाल्डोले हार्यो भन्न, रोनाल्डो एक्लैले जित्न सक्दैनन्”