ज्योतिषशास्त्रका अनुसार सबै ग्रह एक राशिबाट अर्को राशिको यात्रा गर्छन्। यस्तै शनि पनि एक राशिबाट अर्को राशिको भ्रमण गर्छा तर यो निकै ढिलो चाल चल्छ, जसको कारण शनिको साढे साती र ढैय्या लाग्छ। शनिको साढे साती, यसको नामबाट नै थाहा पाउन सकिन्छ कि यो दशा साढे सात वर्षसम्म चल्छ। त्यस्तै, ढैय्या साढे दुई वर्षसम्म चल्छ। ज्योतिष शास्त्रमा शनिलाई पापी ग्रह मानिन्छ, तर यो ग्रहलाई न्याय प्रेमी ग्रह पनि भनिन्छ। शनिले व्यक्तिलाई उसको कर्म अनुसार फल दिन्छ। यदि कुनै व्यक्तिको जन्मकुण्डलीमा शनि शुभ स्थानमा छ भने उसको प्रगति हुन्छ, तर अशुभ शनिको कारणले विभिन्न दुःखकष्टको सामना गर्नुपर्छ।

यदि कासैको जन्मकुण्डलीमा शनिको साढे साती दशा चलिरहेको छ भने उनीहरुले कुनै योग्य ज्योतिषबाट पत्ता लगाउनु पर्छ कि शनिको प्रभाव शुभ छ वा अशुभ। यदि तपाईंको शनि अशुभ छ भने साढे सातीको समयमा केहि कार्य गर्दा विशेष सावधानी अपनाउनु पर्छ र केहि यस्ता कार्य पनि छन् जुन काम भुलेर पनि गर्नु हुँदैन।

साढे सातीको समयमा के काम गर्दा सावधान रहनु पर्छ त ?
- यस समयमा अ अकुनै पनि जोखिमपूर्ण कार्य गर्नु हुँदैन। खासगरी, फलाम सम्बन्धित कुनै पनि जोखिमपूर्ण कार्य नगर्नुहोस्।
- यदि कसैको कुण्डलीमा साढे साती चलिरहेको छ भने गाडी चलाउँदा विशेष ध्यान राख्नु पर्छ। किनभने चोटपटकको खतरा यस समयमा उच्च हुन्छ।
- कसैसँग वाद-विवाद वा झै-झगडा नहोस्, यसको विशेष ध्यान राख्नुहोला। अन्यथा तपाईलाई शत्रुले चोट पुर्याउन सक्छन्।

- यदि साढे सातीको कारण अशुभ प्रभाव परिरहेको छ भने रातिको समयमा एक्लै यात्रा नगर्नुहोस्।
- शनिबार र मंगलबारको दिन कालो कपडा, छाला र फलामको सामान खरिद नगरेकै राम्रो हुन्छ।
साढे सातीको समयमा भुलेर पनि नगर्नुहोस् यी कार्य
- साढे सातीको समय माछा मासु तथा मादक पदार्थ सेवन भुलेर पनु गर्नु हुँदैन।

- सफाई कर्मचारी र आफू भन्दा कमजोरको अपमान गर्नु हुँदैन।
- निर्दोष जनावर र चराहरूलाई यातना नदिनुहोस्।

