चाणक्य नीति शास्त्र धेरै उपयोगी पुस्तक हो। यसमा आचार्य चाणक्यले राखेका नीतिहरूले मानिसहरूलाई जहिले पनि सफलताको लागि प्रेरित गर्छ। आचार्य चाणक्यले आफ्नो नीतिमा भनेका छन कि यदि कुनै व्यक्तिमा यी ५ गुणहरु छन् भने उनी आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अत्यन्त सफल हुनेछन्। जान्नुहोस् ती ५ गुणका बारेमा…..
दान-पुण्य गर्ने
चाणक्य नीति अनुसार मन्दिरमा दान गर्दा ईश्वरीय कृपा प्राप्त हुन्छ र पैसा दान गर्ने व्यक्तिको आर्थिक अवस्था सुदृढ हुन्छ। मन्दिरमा पैसा दान गर्ने मानिसको घरमा कहिले पनि गरिबीले छुँदा पनि छुँदैन।
खराब बानी नभएको
नराम्रो बानीले जहिले पनि व्यक्तिलाई नराम्रो परिणाम तर्फ डोर्याउँछ। त्यसकारण, चाणक्य नीतिमा आचार्य चाणक्यले भनेका छन् कि गलत बानीबाट जहिले पनि दुरी राख्नु पर्छ। गलत बानीले व्यक्तिलाई कहिल्यै पनि सफल र धनी हुन दिँदैन।
धन सहि तरिकाले खर्च गर्ने
आचार्य चाणक्य भन्छन् कि धनले मानिसको आत्मविश्वास बढाउँछ। धन जहिले पनि आवश्यकताको आधारमा खर्च गर्नुपर्छ। साथै धन भविष्यको लागि बचत गर्नुपर्छ।
विनम्रता
चाणक्य नीति अनुसार नम्र स्वभावको व्यक्तिले छिटो सफलता प्राप्त गर्छ। वास्तवमा, एक व्यक्तिले अरुलाई कस्तो व्यवहार गर्छ त्यसले पनि उनको सफलताको निर्धारण गर्छ। त्यसैले गर्दा हामीले अरुलाई गर्ने व्यवहारको बारेमा सजग रहनुपर्छ।
इमान्दारी
कुनै पनि लोभ वा स्वार्थको कारण आफ्नो प्रकृति परिवर्तन नगर्ने मानिस कहिल्यै गरिब हुँदैनन्। यस्ता मानिस मनको धनी हुनुका साथै सधैं माता लक्ष्मीको कृपा पनि प्राप्त गर्छन्। मानिस स्वार्थको लागि आफ्नो प्रकृति कहिल्यै परिवर्तन गर्नु हुँदैन। एक व्यक्तिले सबै मानिससँग समान व्यवहार गर्नुपर्छ।