“हामी पदला लागि ओलीको पछि लागेका होइनौं”

काठमाडौँ – नेकपा एमालेका नवमनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले कुनै पनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक साक्षात्कारमा बोल्दै सांसद र मन्त्री पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका हुन्।

रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको रायमाझीले बताए। आफूहरु पदका लागि भन्दा पनि विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने उनको भनाई छ।

“मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।”,उनले भने। प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दापनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया पनि रायमाझीले दिए।

उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दापनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे । उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी छ’ को संज्ञा दिए ।

उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । देशलाई अस्थिरतरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए । अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए ।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१६:१०

नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीद्वारा राजीनामा!