दैनिक पिउनुहोस् ज्वानो-मेथी पानी, मिल्नेछ यस्ता चमत्कारिक फाइदा !

मेथी र ज्वानो दुबै भान्सामा पाइने प्रमुख मसलामा पर्छन्। यी दुईको सेवनले विभिन्न स्वास्थ्य लाभ पनि मिल्छ। यी दुई चीज एकसाथ मिलाएर सेवन गर्नु त सुनमा सुगन्ध जस्तै हो। मोटोपना घटाउन, तनाब कम गर्न वा अपचको समस्या समाधानका लागि मेथी-ज्वानोको पानी खाना सुरु गर्नुहोस्। हाम्रो शरीरलाई स्वस्थ राख्न यो एक उत्तम ड्रिंक हो। जान्नुहोस् मेथी र ज्वानो पानीका विभिन्न फाइदाका बारेमा…..

मोटोपना कम गर्न 

तौल घटाउनका लागि घरेलु उपचार मध्ये एक हो मेथी-ज्वानो पानी। तौल घटाउनको लागि प्रयोग गरिने यो एक प्राचीन उपाय हो। ज्वानो र मेथी दुबै चीजमा एन्टीअक्सिडेन्ट पाइन्छ, जसले मेटाबोलिजम मजबूत बनाउन मद्दत गर्छ। साथै यसमा फ्याट बर्निंग गुण पनि हुन्छ जसले शरीरमा रहेको अतिरिक्त बोसो पगाल्ने काम गर्छ।

मधुमेह 

ज्वानो-मेथी पानी मधुमेहको लागि रामबाण उपचार हो। यदि तपाईंको रगतमा चिनीको स्तर छिटै घट्छ वा बारम्बार बढ्छ भने यो तपाईंको लागि उत्कृष्ट डिटोक्स पेय हो। यसले ब्लड कोलेस्ट्रोल पनि कम गर्न मद्दत गर्छ।

अपचको समस्या 

मेथी-ज्वानो पानी शरीरमा हुने स्वास्थ्य समस्याहरूको लागि एक उत्तम घरेलू उपचार हो। हरेक दिन बिहान एक गिलास ज्वानो-मेथीको पानी खाली पेटमा पिउँदा शरीरको स्ट्रेस दूर हुन्छ। यसमा फाइबर, म्याग्नेशियम, म्याग्निज जस्ता पोषक तत्व हुन्छ जसले कब्जियत, अपच जस्ता समस्याबाट राहत प्रदान गर्छ। यसको लागि ज्वानो र मेथी अघिल्लो दिन राति पानीमा भिजाएर राख्नुहोस् र बिहान उठेर यसलाई राम्रोसँग छानेर खाली पेटमा सेवन गर्नुहोस्।

रोग प्रतिरोधात्मक क्षमता 

प्रतिरक्षा प्रणाली सुधार्नको लागि ज्वानो-मेथीको पानी पिउन सकिन्छ। यस डिटक्स पेयमा एन्टिअक्सीडेन्ट, भिटामिन सी, प्रोटीन, आइरन, भिटामिन बी -१, बी-3, सोडियम, पोटाशियम, क्याल्सियम र फोस्फोरस पाइन्छ। यी सबै आवश्यक तत्वहरू शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्न प्रभावकारी छन्।

चमकदार छाला 

चमकदार छालाको लागि पनि ज्वानो-मेथी पानी निकै कारगर साबित हुन्छ। नियमित रूपमा यसको सेवन गर्नाले शरीरमा रगत शुद्ध हुन्छ साथै रक्तसंचारमा सुधार आउँछ। यसले छालाका रोगहरू र छालामा देखिने डण्डीफोर, चाउरी तथा दाग-धब्बामा कमी लेराउँछ।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१९:२४

गर्मी समयमा सनट्यान हुने समस्या छ? अपनाउनुहोस यी ५ घरेलु उपाय, मिनेटमै हुनेछ सफा!