चैत महिनाको पहिलो दिन नै बढ्यो सुनको मूल्य !

काठमाडौँ – आज चैत महिनाको पहिलो दिन नै सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य आज ४ सय रुपैंयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८६ हजार ६ सय र तेजाबी सुनको मूल्य ८६ हजार १ सय ५० कायम भएको छ।

गत साता सुनको मूल्य

गत हप्ता छापावाला सुन ८५ हजार ६ सय देखि ८६ हजार ८ सय रुपैंयाँ सम्ममा कारोबार भयो। छापावाला सुनको मूल्य आइतबार ८६ हजार १ सय, सोमबार ८६ हजार २ सय, मंगलबार ८५ हजार ६ सय, बुधबार ८६ हजार २ सय, बिहिबार ८६ हजार ८ सय र शुक्रबार ८६ हजार २ सय रुपैंयाँ थियो।

त्यस्तै गत हप्ता तेजाबी सुन ८५ हजार १ सय ५० देखि ८६ हजार ३ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो। सुनको मूल्य आइतबार ८५ हजार ६ सय ५० , सोमबार ८५ हजार ७ सय ५०, मंगलबार ८५ हजार १ सय ५०, बुधबार ८५ हजार ७ सय ५०, बिहिबार ८६ हजार ३ सय ५० र शुक्रबार ८५ हजार ७ सय ५० रुपैंयाँ थियो।

गत महिना सुनको मूल्य

गत महिना छापावाला सुन ८५ हजार ६ सय रुपैंयाँ देखि ९० हजार ९ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने महँगोमा ९० हजार ४ सय र सस्तोमा ८५ हजार १ सय ५० सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। आज चाँदी नेपाली बजारमा १२ सय ७० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७११:३७

साँझपख मौसममा खराबी, मेघगर्जन र हावाहुरीसहित पानी !