“जसरी पनि ओली सरकार ढाल्नै पर्छ”

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार जसरी पनि ढाल्ने बताएका छन्।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै क्रममा श्रेष्ठले ओली नेतृत्वको सरकार जसरी पनि ढाल्नु पर्ने बताएका हुन्।

श्रेष्ठले ओलीको सरकार ढालेर नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन गर्नु नै अहिलेको आवश्यकता रहेको बताए। सरकारबाट ओलीको बिदाइलाई प्राथमिकतामा राखेर आफूहरु अगाडी बढेको उनको भनाई छ।

“तत्कालीन स्थितिमा सरकारबाट ओलीको बिदाइ पहिलो कदम हुनेछ। यसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर संवाद भइरहेको छ। चाँडै हामी ओलीलाई सरकारबाट बिदा गर्ने अवस्थामा पुग्छौँ।”,श्रेष्ठले भने।

जसपालाई सरकारमा सामेल गराउन ओली लगातार लागिरहेको उल्लेख गर्दै माओवादी थप चनाखो हुनुपर्ने श्रेष्ठले बताए। उनले भने,”प्रधानमन्त्रीले जसपालाई सरकारमा लान पहल गरिरहेकाले माओवादी केन्द्र थप चनाखो हुनुपर्ने भएको छ।।”

वैदेशिक हस्तक्षेपकारी शक्ति र यहाँको प्रतिक्रान्तिको प्रक्रिया ओली सरकारमार्फत चलिरहेको पनि श्रेष्ठले बताए। उनले भने,”कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर ओली सरकार ढालेर नयाँ सरकार बनाउनु अहिलेको मुख्य आवश्यकता हो । वैदेशिक हस्तक्षेपकारी शक्ति र यहाँको प्रतिक्रान्तिको प्रक्रिया यही सरकारमार्फत चलिरहेको छ। त्यसैले अहिलेको पहिलो राजनीतिक कार्यभार ओलीलाई विस्थापित गरेर नयाँ सरकार बनाउनु हो।”

प्रकाशित : आइतबार, चैत ०१, २०७७१५:४९

अर्डर क्यान्सिल गरेपछि डेलिभर ब्वायले यी मेकअप आर्टिस्टको बनाए यस्तो हालत!