“नयाँ नेयमार” माथि युभेन्टस सहित यी क्लबको नजर !

एजेन्सी – ब्राजिलका एक युवा खेलाडी माथि युरोपमा ठूला क्लबहरुको नजर परेको छ। युभेन्टस सहित विभिन्न क्लबहरुको नजर परेका खेलाडी काइओ जर्ज हुन्।

‘नयाँ नेयमार’को संज्ञा दिइएका उनलाई भित्र्याउन विभिन्न क्लबहरु आतूर देखिएका छन्। पछिल्लो समय उनलाई युभेन्टसको अलावा रोमाको पनि नजर परेको बताइएको छ।

यस अगाडी जर्जलाई आफ्नो क्लबमा भित्र्याउने होडमा आयक्स, लियोन, शाख्तार र आर्सनल थिए। तर अहिले आएर जर्जलाई भित्र्याउने होडमा युभेन्टस र रोमा पनि थपिएका छन्।

ब्राजिलियन क्लब सान्तोसका लागि सिनियर टोलिबाट खेल्दै उनले ९ गोल गरिसकेका छन्। काइओ जर्ज सन् २०१९ देखि सान्तोसमा अनुबन्धित छन्। यहि डिसेम्बरमा उनको सम्झौता सकिँदै छ।

सम्झौता सकिनु अगाडी नै उनलाई बेच्ने योजनामा सान्तोस रहेको बताइन्छ। आउँदो समर ट्रान्सफरमा जर्ज माथि धेरै क्लबको बोलि लाग्ने लगभग पक्का जस्तै छ। एक रिपोर्टलाई आधार मान्ने हो भने जर्जको मूल्य १२ मिलियन यूरो आसपास छ।

तीन क्लब बीच प्रतिष्पर्धा

जर्ज माथि धेरै क्लबको नजर परेको भएपनि मुख्यतः तीन क्लब बीच प्रतिष्पर्धा हुने फुटबलका जानकारहरु बताउँछन्। जर्जलाई अनुबन्धन गर्न युभेन्टस, रोमा र आर्सनल बीच उच्च प्रतिष्पर्धा हुन सक्ने अनुमान छ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१७:१४

आलोचकलाई रोनाल्डोको दह्रो झाप्पड, ह्याट्रिक गर्दै बताए राजा सधैं राजा नै रहनेछ !