सिरहा बम विस्फोटमा परी ८ घाइते, २ को अवस्था गम्भीर ! [नामावली सहित]

काठमाडौँ – सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी ८ जना घाइते भएका छन्।

आइतबार दिउँसो लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते भएका हुन्। घाइते हुनेहरुमा एक जना मालपोतकै कर्मचारी, एक लेखापढी व्यावसायी र ६ सेवाग्राही रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको अनुसार घाइते हुने सबैको परिचय खुलेको छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेका छन्। गम्भीर घाइते हुनेहरुमा नायब सुब्बा बिष्णपुर गाउँपालिका बस्ने शिव कुमार यादव र सेवाग्राही धनगडीमाई नगरपालिका ४ का ३५ वर्षीय दिनेश भण्डारी रहेका छन्। गम्भीर घाइते दुवैलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।

त्यस्तै घाइते हुने अन्यमा लेखापढी व्यवसायी भोला बहादुर मगर, गोलबजार नगरपालिका ६ सिरहाकी ३५ वर्षीया लक्ष्मी राना, गोलबजार नगरपालिका ६ सिरहाकी बेचनी मगर, सिरहा नगरपालिका १६ का लालबहादुर विश्वकर्मा, गोलबजार नगरपालिकाकी फूलकुमारी ठाकुर र भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव रहेका छन्। उनीहरु बमको छर्रा लागेर घाइते भएका हुन्।

घटनास्थलमा जयकुष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको र बम विस्फोट पनि उसैले गराएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१७:३१

“देशलाई कांग्रेसको खाँचो रहेछ, जिम्मेवारी हाम्रै काँधमा आयो”