एजेन्सी – बलिउडमा एकै परिवारका कयौं व्यक्तिहरु सँगै काम गर्छन्। एकै परिवारका बाबु-छोरा, छोरी-आमा, दाजु-भाइ, दिदी-बहिनी सबै बलिउडमा सक्रिय धेरै उदाहरण छन्। परिवारका सबै सदस्य सक्रिय रहेपनि सबैलाई कहाँ सफलता मिल्छ र ? आफ्नो क्षमता र भाग्य अनुसार कोहि सफल हुन्छन्, कोहि हुँदैनन्।
यहाँ आज हामी त्यस्तै केहि दिदी-बहिनी कलाकारहरुको कुरा गर्दैछौँ, जसको बलिउड करियर फरक-फरक-फरक रह्यो। एक जना हिट र अर्को फ्लप भएका बलिउड दिदी-बहिनीहरु निम्न छन्।
शिल्पा शेट्टी – शमिता शेट्टी
शिल्पा शेट्टी बलिउड सिनेमा जगतकी सफल अभिनेत्रीहरुमा पर्छिन्। उनले अहिले सम्म धेरै हिट चलचित्रहरु दिएकी छन्। शिल्पा पछिल्लो समय चलचित्रहरुमा सक्रिय भने छैनन्। तर पनि भारतीय मनोरन्जन क्षेत्रमा शिल्पाको माग उत्तिकै छ। शिल्पा पछिल्लो समय टेलिभिजन रियालिटी शोहरुमा बढी व्यस्त छिन्।
बलिउडमा र मनोरन्जन क्षेत्रमा शिल्पा सफल रहेपनि उनी बहिनी शमिता भने सफल हुन सकिनन्। सुपरहिट फिल्म ‘मोहब्बतें’बाट धमाकेदार डेब्यू गरेपनि शमिताको करियर फ्लप नै रह्यो। शमिताले काम गरेका प्राय जस्ता चलचित्रहरुले दर्शकको माया पाउन सकेनन्।
काजोल – तनिशा मुखर्जी
बलिउडमा काजोल चर्चित मात्र नभई स्थापित नाम हो। काजोल सन् १९९०को दशककी सबै भन्दा सफल नायिकाहरुमा पर्छिन्। उनका चलचित्रहरु अझै पनि दर्शकको रोजाइमा पर्छन्। काजोलले अहिले सम्म कयौं हिट चलचित्र दिएपनि उनकी बहिनी तनिशा भने बलिउडमा खासै सफल हुन सकिनन्।
तनिशाले बलिउडमा चलचित्र ‘नील एन निक्की’बाट डेब्यू गरेकी थिइन्, कुन फ्लप भएको थियो। त्यस्तै पछि उनले काम गरेका प्राय चलचित्रहरु पनि फ्लप भए।
मलाइका अरोडा – अमृता अरोडा
मलाइका आइटम नम्बरका लागि चर्चित छिन्। आफ्नो बोल्ड र ग्लामरस लुकका लागि चर्चामा रहने गरिरहेकी मलाइका अरोडा खासै चलचित्रहरुमा देखा पर्दिनन्। तर यदि कुनै पनि चलचित्रमा उनका एक मात्र आइटम डान्स छ भने त्यसले रिलीज हुने बित्तिकै हंगामा मचाउँछ।
तर मलाइकाको ठीक विपरित उनकी बहिनी अमृता अरोडा भने खासै चल्न सकिनन्। उनले काम गरेका प्राय चलचित्र फ्लप भए। अहिले उनी बलिउड देखि पलायन जस्तै छिन्।