नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम् प्रधन्मन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाल बीच भेटवार्ता हुँदैछ। पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे भेट तय भएको बताइएको छ।
नेता नेपालले बालुवाटारमा भेटवार्ता गर्नको लागि तयार नभएपछि उनीहरु दुई बीच पार्टी कार्य धुम्बाराहीमा वार्ता हुने भएको स्रोतले जनाएको छ। एमाले भित्र विवाद बढेसँगै विभिन्न नेताले ओली र नेपाल बीच भेट गराउन प्रयास गरे पनि सफल भएका थिएनन्।
सर्वोच्च अदालतको निर्णयले एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र नेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट भएको छैन। गत कार्तिक २५ गते बालुवाटार नै पुगेर ओलीसँग भेटेपछि उनीहरु बीच कुनै संवाद भएको थिएन।

