भेटवार्ताका लागि धुम्बाराही पुगे ओली र नेपाल !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू वार्ताका लागि पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।

यी दुई बीचको वार्ताका लागि नेपाल समूहबाट स्वयम् नेपाल सहित भीम रावल, रघुजी पन्त, घनश्याम भुषाल सुरेन्द्र पाण्डे, र गोकर्ण विष्ट छन् भने ओली समूहबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।

दुबै पक्ष बीचको वार्ता ११ बजेबाट सुरु हुने भनिएको थियो। एमाले भित्र विवाद बढेसँगै विभिन्न नेताले ओली र नेपाल बीच भेट गराउन प्रयास गरे पनि सफल भएका थिएनन्।

ओली र नेपालबीच भेटवार्ता हुँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम् प्रधन्मन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाल बीच भेटवार्ता हुँदैछ। पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे भेट तय भएको बताइएको छ।

नेता नेपालले बालुवाटारमा भेटवार्ता गर्नको लागि तयार नभएपछि उनीहरु दुई बीच पार्टी कार्य धुम्बाराहीमा वार्ता हुने भएको स्रोतले जनाएको छ। एमाले भित्र विवाद बढेसँगै विभिन्न नेताले ओली र नेपाल बीच भेट गराउन प्रयास गरे पनि सफल भएका थिएनन्।

सर्वोच्च अदालतको निर्णयले एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र न‍ेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट भएको छैन। गत कार्तिक २५ गते बालुवाटार नै पुगेर ओलीसँग भेटेपछि उनीहरु बीच कुनै संवाद भएको थिएन।

प्रकाशित : सोमबार, चैत ०२, २०७७११:३३

आज कोरोनाविरुद्धको खोप लगाउँदै राष्ट्रपति भण्डारी !