अमिताभ बच्चनले गराए दोस्रोपटक आखाको सर्जरी, कस्तो छ स्वास्थ्य?

मेगास्टार अमिताभ बच्चनले आफ्नो आखाको सर्जरी गराएका छन्। आइतबार राती अमिताभले आफ्नो आखाको दोस्रो सर्जरीको बारेमा जानकारी दिएका हुन्। उनको सर्जरी सफल  भएको छ बिस्तारै रिकभर हुनेछ।

 

अमिताभले ट्वीटमा आफ्नो सर्जरीको  बारेमा बताउदै लेखेका छन्, ‘यो दोस्रोपटक पनि राम्रो भयो , रिकभर भैरहेको छ र सबै ठिक छ।चिकित्सा प्रविधि र डा. एचएचको हातको निपुणता…जीवन परिवर्तनको अनुभव…तपाई अहिले देख्न सक्नुहुन्छ, जुन पहिले देख्न सकिएको थिएन। साँच्चिकै अद्भुत संसार।

केहि दिन पहिले अमिताभले आफ्नो अफिशियल ब्लगमा आखाको सर्जरीको जानकारी दिएका  थिए ।  ७८ वर्षीय अमिताभ बच्चनको बढी जसो स्वास्थ्यमा समस्या आउने गरेको छ ।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१३:०८

जङ्गली जनावरले सखाप पार्दै हिउँदे बाली