पेलेको रेकर्ड तोडेपछि रोनाल्डोले भने “कहानी अझै सकिएको छैन, अझ धेरै जित्न बाँकी छ”

क्रिस्टियानो रोनाल्डोले पेलेको नाममा रहेको व्यावसायिक खेलजीवनमा सबैभन्दा गोल गर्ने रेकर्ड तोडेपछि आफ्नो चुप्पी तोडेका छन्। उनले आफ्ना प्रशंसकहरूलाई कहानी अझै नसकिएको आश्वासन दिएका छन्।

पोर्चुगिज दिग्गज रोनाल्डोले आइतबार भएको क्याग्लियारीसँग भएको खेलमा ह्याट्रिक गर्दै सरी-ए मा यो सिजन लिगमा आआफ्नो गोल सङ्ख्या २३ पुर्याएका छन्। उक्त खेलमा गरेको ह्याट्रिकसँगै रोनाल्डोले आफ्नो करियरमा ७७० गोल गरेका छन्, जसले पेलेको ७६७ गोलको रेकर्ड तोडेका हुन्।

पेलेको नाममा रहेको रेकर्ड तोडेसँगै रोनाल्डोले इन्स्टाग्राममा एक पोस्ट लेख्दै कहानी अझै बाँकी रहेको बताएका छन्। उनले लेखे,”म अर्को खेल र अर्को चुनौतीको लागि तयार छु, अर्को रेकर्ड, अर्को उपाधि। मलाई विश्वास गर्नुहोस् यो कहानी खतम हुनबाट अझै निकै टाढा छ। भविष्य भोलि हो र हामीले युभे र पोर्चुगलसँग अझ धेरै जित्न बाँकी नै छ।”

गत केहि हप्ता आफ्नो निकै आलोचना हुँदै गर्दा आइतबारको ह्याट्रिकसँगै उनले आफ्ना विरोधीलाई दह्रो झाप्पड लगाएका छन्। पोर्टो विरुद्धको दुई लेगको खेलमा एक गोल पनि गर्न नसकेको र सर्जियो ओलिभेरोले फ्रिकिक गोल गर्दा उनको भूमिकालाई लिएर धेरैले उनलाई खुब आलोचना गरेका थिए।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१७:५६

मेस्सी सकिए भन्नेले हेर्नुहोस् यो भिडियो, थाहा हुन्छ मेस्सी अझै पनि के चीज हुन् भनेर [भिडियो सहित]