नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ। आइतबार बसेको बैठकले अन्य राजनीतिक दलसँग वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको थियो।
सोमबार पार्टीको नाम परिवर्तन, विधान, सांगठानिक संरचना, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ। आइतबार सात प्रदेश सहित १० प्रदेशका इन्चार्ज, सहइन्चार्जहरुले सर्वोच्च अदालतको फैसलापछि एकता पहिलेकै अवस्थामा ब्यूँतिएको माओवादी केन्द्रको स्थिति, नेताहरुको अवस्थाबारे आफ्नो धारणा राखेका थिए।
त्यस्तै, स्थायी कमिटीले गरेको प्रस्ताव अनुसार अहिले मन्त्री पदमा रहेका पार्टीका नेतालाई पद त्याग पार्टीमा फिर्ता आउन निर्देशन दिएको थियो। र यदि मन्त्री पद त्यागेर पार्टी फिर्ता नभए अनुशासनको कारवाही गर्ने निर्णय पनि गरेको छ।