काठमाडौँ, अभिनेत्री केकी अधिकारीले सामाजिक संजाल मार्फत आफ्नो नया लुक्स सार्वजनिक गरेकी छिन्। जसमा उनको कपाल मुण्डन गरिएको छ। उनले चलचित्र ‘बोक्सीको घर’ को लागि कपाल मुण्डन गरेकी हुन् ।
उनले सामाजिक संजाल इन्स्टाग्राममा भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘चेन्ज इज ब्यूटिफूल, बाल्ड इज ब्यूटिफूल।’
कपाल मुन्डन गरिसकेपछि आफुलाई ऐनामा हेर्दा अप्ठ्यारो लागेर रोएको केकिले बताएकी छिन्। तर अहिले कपाल बिनाकै लुक्स राम्रो लागेको बताएकी छिन्।
केकी अधिकारीको कपाल मुन्डन लुक्स अहिलेसम्मकै भिन्न लुक्स हो। केही वर्ष अगाडि मण्डला थिएटरमा मन्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित रहेर फिल्म बन्न लागेको हो। केकीले आफुले गरेको सबै फिल्म भिन्न भिन्न भूमिका रहेको र त्यसलाई निरन्तरता दिदै आएको बताएकी छिन्। जसमध्ये ‘बोक्सीको घर’ पनि एक हो।