एजेन्सी, आइबार अस्ट्रेलियाको जुरियन बेमा स्काइडाइभिङ गर्दा एक ३० वर्षीय युवकको मृत्यु भएको छ । स्काइडाइभिङ प्रतियोगितामा भाग लिएका ति स्काइडाइवर युवकको प्यारासुट राम्रोसँग नखोलिएका कारण मृत्यु भएको हो । वास्तवमा ति युवक निकै अनुभवी स्काइडाइभर थिए जसले ६००० जम्पहरु पुरा गरिसके।
भर्चुअल नेशनल्स स्काइडाइविङ प्रतियोगितामा भाग लिएका ति युवकको नाम भने खुलाइएको छैन । उनले आफ्नै इक्युपमेन्ट प्रयोग गरेका थिए। जब उनी विमान सोलो विंगसूट परफर्मको क्रममा हावामा हा-मफाले तब उनको प्यारासुट खुल्न सकेन । उनलाई इमर्जेन्सी टिमले घटना लगत्तै अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषित गरे। जुरियन बे एक लोकप्रिय पर्यटन शहर हो, जुन स्काइडाइभिङको लागि निकै परिचित छ।
के कारणले प्यारासुटमा खराबी आएको थियो भनेर अष्ट्रेलियाको सिभिल एभिएशन सेफ्टी अथोरिटी, अष्ट्रेलियन प्यारासुट र अष्ट्रेलियन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । साथै कम्पनीका प्रवक्ताले मृतकको परिवारप्रति समवेदना प्रकट गरेको छ।