नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा भएको बैठक केहिबेर अघि मात्र सकिएको हो।
लगातार दोस्रो दिन बसेको बैठक अबको केहि दिनपछि मात्र बस्नेगरी आजको बैठक सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार पनि बसेको थियो। आजको बैठकमा पनि नेताहरुले आफ्नो धारणा राखेका थिए। त्यस्तै, पार्टीले कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।
आजको बैठकले सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय गरेको उनले बताए।
त्यस्तै, स्थायी कमिटीले गरेको प्रस्ताव अनुसार अहिले मन्त्री पदमा रहेका पार्टीका नेतालाई पद त्याग पार्टीमा फिर्ता आउन निर्देशन दिएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि उनको भनाइ थियो।