किंग कोहलीले बने अन्तराष्ट्रिय टि२० मा ३ हजार रन बनाउने पहिलो खेलाडी

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि२० आई क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन् । आइतबार राती नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दोस्रो टि२० खेलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउने क्रममा कोहलीले अर्धशतकका साथ नयाँ कीर्तिमान बनाएका हुन् ।

कोहलीले १ सय ६५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ४९ बलमा ५ चौका र ३ छक्का सहित ७३ रनको अविजित इनिङ खेलेका थिए । कोहलीले तीव्र गतिका बलर क्रिस जोर्डनलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । उक्त छक्कासँगै विराट टि२० आईमा ३ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । कोहलीले यस उपलब्धी उनले ८७ खेलमा ८१ इनिङमा पूरा गरेका हुन् । कोहली ८१ इनिङमा २२ पटक अविजित रहँदै २६ अर्धशतकका साथ ३ हजार १ रन बनाएका छन् । कोहलीको उत्कृष्ट प्रर्दशन ९४ अविजित छ ।

सर्वाधिक धेरै रन बनाउने दोस्रो स्थानमा न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल छन् । गुप्टिल ९९ खेलमा ९५ इनिङमा २ शतक र १७ अर्धशतक सहित २ हजार ८ सय ३९ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ५ छ । तेस्रो स्थानमा भारतका ओपनर रोहित शर्मा छन् । रोहितले १ सय ८ खेलमा १ सय इनिङमा ४ शतक र २१ अर्धशतक सहित कुल २ हजार ७ सय ७३ रन बनाएका छन् । टि२० आईमा पहिलो एक हजार र दुई हजार रन पूरा गर्ने कीर्तिमान न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डम म्याकुलमको नाममा छ । म्याकुलमले एक हजार सन् २०१० र २ हजार २०१४ मा पूरा गरेका थिए । पाँच टि२० आई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१७:०७

पेलेको रेकर्ड तोडेपछि रोनाल्डोले भने “कहानी अझै सकिएको छैन, अझ धेरै जित्न बाँकी छ”