मेस्सी सकिए भन्नेले हेर्नुहोस् यो भिडियो, थाहा हुन्छ मेस्सी अझै पनि के चीज हुन् भनेर [भिडियो सहित]

लियोनल मेस्सी फुटबल जगतका सर्वोत्कृष्ट खेलाडी मध्ये एक हुन्। मोडर्न समयमा मेस्सी दुई (रोनाल्डोसँगै) सर्वोत्कृष्ट खेलाडीमा पर्नेमा कुनै शंका छैन। उनले बार्सिलोना र अर्जेन्टिनाको टोलीका लागि खेल्दै थुप्रै व्यक्तिगत आवर्ड जितिसकेका छन्।

क्लब स्तरमा सबै प्रकारका उपाधि जितिसकेका मेस्सीले अन्तराष्ट्रिय स्तरमा भने अझै उपाधि जित्न सफल भएका छैनन्। ३३ वर्षको उमेरमा बार्सिलोनाका लागि उच्च स्तरमा खेल्दै आएको मेस्सीको प्रदर्शनमा अहिलेको समयमा केहि प्रश्न उठ्ने गर्छ। मेस्सी बुढा भए, उनले रोनाल्डोको जस्तो गोल गर्न सक्दैनन्, क्रिस्टियानो जस्तो खेल्न सक्दैनन्, ठूला खेलमा प्रदर्शन गर्न सक्दैनन् जस्ता थुप्रै आलोचना हुने गरेको छ।

https://twitter.com/i/status/1370827115910869000

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै चर्चामा रहेको छ। उक्त भिडियोमा मेस्सीले २०२१ मा गरेका सबो गोल र असिस्ट देख्न सकिन्छ। यस भिडियोबाट बुझ्न सकिन्छ कि मेस्सी अझै पनि उच्च स्तरमा असामान्य खेलाडी हुन्। उनले २०२१ मा प्रशस्त गोल गरिरहेका छन् भने असिस्ट पनि प्रदान गरिरहेका छन्। यति मात्र हैन उनी बार्सिलोनाको प्रमुख प्ले-मेकर पनि हुन्।

गत सिजनको अन्त्यमा बार्सिलोना छाड्ने असफल प्रयासपछि बार्सिलोना बोर्डसँग भएको लफडासँगै नयाँ सिजनको सुरुवात गरेका मेस्सीको सिजन राम्रोसँग सुरु हुन भने सकेन। उनी २०२० को अन्त्य तिर कतै पनि आफ्नो स्तरमा देखा परेनन्। तर २०२१ मा उनले कुन १७ गोल गरिसकेका छन्, जुन मात्र बार्यनका रोबर्ट लेवान्डोस्की भन्दा कम हो। जसबाट थाहा पाउन सकिन्छ कि मेस्सी अझै पनि विश्वका सर्वोत्कृष्ट खेलाडी हुन्।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१८:१०

बार्सिलोनाको सानदार जित, मेस्सीको दुई गोल !