गुट्खा खाएर दात पहेलो भएको छ? घरमै चम्काउनुहोस यी ५ उपाय अपनाई!

हामी सबैलाई थाहा छ कि  गुटखा खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको  लगातार  सेवनले दातलाई नोक्सान गर्छ । यदि पान-गुटखा खाएर तपाईको दात कालो भएको छ भने यी सरल उपायलाई पालना गरेर हेर्नुहोला । दातबाट  सुर्तीको कालो निशानलाई हटाउन मदत्त मिल्नेछ ।  गुटखा, पान, सुर्ती , चुरोट , रक्सी आदिले दातको चमकलाई समाप्त गर्छ। साथै दातको  जरालाई पनि कम्जोर बनाउछ । त्यसैले आज हामी तपाईलाई एक यस्तो उपायको बारेमा बताउछौ, जसको  प्रयोगले दात दुध जस्तै सेतो हुन्छ।

माउथ फ्रेशनर

गुटखा-सुर्तीबाट छुटकारा पाउन चाहनुहुन्छ भने घरमा बनेको माउथ फ्रेसनरको प्रयोग गर्नुहोला  ।

जिब्रोलाई सफा राख्ने

आफ्नो दातलाई चम्काउनको लागि दिनमा कमसेकम दुईपटक दात र जिब्रोको सफा गर्नुहोस । खाना खाएपछि सधैँ कुल्ला गर्नुहोस  ।  खास गरेर गुट्खा खाएपछि औंलाले दातलाई रगटेर कुल्ला  गर्नुहोस ।  यसरी दातमा दाग जम्दैन ।  त्यसपछि सधैँ दातलाई सफा राख्ने कोसिस गर्नुहोस।  यस्तो गर्नाले दातमा  गुट्खाको दाग जम्दैन।

गाजर

गाजरले पनि दातमा भएको दागलाई हटाउन मदत्त गर्छ । गाजर खानाले  यसमा रहेको फाईबरले दात सफा गर्छ  । दातको   कुनाको फोहोरलाई पनि छिट्टै टाढा गर्न सहायक हुन्छ ।

बेसार

बेसारमा  तोरीको तेल र नुन हालेर दातमा  ब्रश  गरे जस्तै प्रयोग गर्नुहोस  । यस्तो गर्नाले दातमा  रहेको पहेलोपन  सफा हुन्छ र दात बलियो पनि हुन्छ ।

बेकिंग सोडा

बेकिंग सोडाले पनि चुरोट र गुट्खाको कारण भएको पहेलोपनलाई टाढा गर्न मदत गर्छ । ब्रश गरेपछि  बेकिंग सोडा अलिकति लिएर दातमा  रगट्नुहोस्।   यस्तो गर्नाले दात सफा हुन्छ।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७१८:०९

के तपाईलाई नि लाग्छ सुई लगाउन डर? थाहा पाउनुहोस निडल फोबियाको बारेमा!