२०२० मा पहिलो पटक रद्द भएको ब्यालोन डी ओर अवार्ड २०२१ मा फर्किनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा रोनाल्डोले मेस्सीको बराबरी गर्न सफल हुन्छन् ? वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ ? ब्यालोन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त ? गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालोन डी ओरका टप १० दाबेदार…….
१०. जोआओ क्यानसेलो (म्यानचेस्टर सिटी)

२०२१ मा: १ गोल, ४ असिस्ट, १० क्लिन सिट
९. ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड)

२०२१ मा: ९ गोल, ५ असिस्ट
८. रुबेन डियाज (म्यानचेस्टर सिटी)

२०२१ मा: १ गोल, ११ क्लिन सिट
७. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)

२०२१ मा: १४ गोल, ३ असिस्ट, इटालियन सुपरकोपा उपाधि
६. रोमेलु लुकाकु (इन्टर मिलान)

२०२१ मा: १० गोल, ४ असिस्ट
५. इलकाइ गुन्डुवान (म्यानचेस्टर सिटी)

२०२१ मा: १० गोल, ४ असिस्ट
४. एर्लिंग हालान्ड (बिरुसिया डर्टमुण्ड)

२०२१ मा: १४ गोल, ५ असिस्ट
३. लियोनल मेस्सी (बार्सिलोना)

२०२१ मा: १५ गोल, ६ असिस्ट
२. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

२०२१ मा: १८ गोल, ३ असिस्ट, क्लब वर्ल्डकप उपाधि
१. किलियन एम्बाप्पे (पीएसजी)

२०२१ मा: १२ गोल, २ असिस्ट, ट्रफी डेस च्याम्पियन उपाधि

