कुन राशिका लागि कस्तो रहला चैत महिना ? हेर्नुहोस् मासिक राशिफल !

मेष राशि 

चैत्र महिना तपाईंलाई चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ, सजग रहनुहोला। आर्थिक पक्ष कमजोर हुनसक्छ। प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुनसक्छ। तपाईंले लिइएको निर्णयको सराहना गरिनेछ। साथी-भाईसँगको सम्बन्धमा खटास आउनसक्छ। विद्यार्थी वर्गको लागी यो महिना अत्यन्त शुभ साबित हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि यो महिना अनुकूल रहनेछ।

वृष राशि 

तपाईंको लागि यो महिना अनुकूल रहनेछ। सामाजिक क्षेत्रमा मन-प्रतिष्ठा बढ्नेछ। परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा संलग्न हुने व्यक्तिले सफलता प्राप्त गर्नेछन्। गरेका कार्यमा सरलताका साथ सफलता मिल्नेछ। कला तथा साहित्य क्षेत्रमा रुची रहनेछ। शेयरबजारमा लगानीको अवसर मिल्नेछ। आर्थिक पक्ष मजबूत हुनेछ। आफन्तजनसँग रमणीय समय बिताउने मौका मिल्नेछ।

मिथुन राशि 

चैत्र महिना मिथुन राशि भएका मानिसको लागि शुभ साबित हुनेछ। आयका स्रोतहरु बढ्नेछन्। साथी-भाइको तर्फबाट पूरा साथ सहयोग प्राप्त हुनेछ। धर्म-कर्ममा मन लाग्नेछ। नयाँ कार्य तथा व्यवसाय सुरु गर्नको लागि यो महिना शुभ रहनेछ। महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनसक्छ। राजनीतिक क्षेत्रमा समस्या आउनसक्छ। स्वास्थ्यमा तथा सौन्दर्यता क्षेत्रमा धन खर्च हुनेछ।

कर्कट राशि 

यो महिना तपाईंका रोकिएका कार्यहरु सम्पन्न हुनेछन्। तन-मनबाट तपाईं प्रशन्न रहनुहुनेछ। कला तथा मनोरन्जन क्षेत्रमा रुची बढ्नेछ। कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। सहकर्मीको पूरा साथ सहयोग प्राप्त गर्नुहुनेछ। सामाजिक तथा राजनैतिक क्षेत्रमा सफलता मिल्ने सम्भावना उच्च रहेको छ। आकस्मिक धन लाभ मिल्नेछ। तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ।

सिंह राशि 

तपाईंको लागि यो महिना त्यति खास नरहला। आर्थिक पक्ष कमजोर रहनेछ। शिक्षाअ क्षेत्रमा पनि खासै प्रगति नहोला। सद्विचारले अभिप्रेरित हुनेहरू बिस्तारै लाभ प्राप्त गर्नेछन्। महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला, अन्यथा नोक्सान हुनसक्छ। साथीभाइको सहयोगमा महत्वपूर्ण कार्य पूरा गर्न सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कन्या राशि  

तपाईंकको जोश, साहस तथा हिम्मतमा वृद्धि हुनेछ। माइती पक्षबाट विशेष सहयोग प्राप्त हुने सम्भावना छ। पारिवारिक वातावरण सुखमय रहनेछ। व्यापार-व्यवसाय क्षेत्रमा राम्रो फड्को मार्न सकिनेछ। वाहन सुख प्राप्त गर्ने सम्भावना उच्च रहेको छ। शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुने देखिन्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, सजग रहनुहोला।

तुला राशि 

तपाईंको लागि यो महिना मिश्र फलदायी रहनेछ। विद्यार्थी वर्गको लागि यो महिना शुभ रहनेछ। धार्मिक कार्यमा तपाईंको संलग्नता बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा समय सोचे अनुरुप अनुकूल रहनेछ। महिनाको अन्त्यतिर भने कार्यक्षेत्रमा समस्या आउनसक्छ, सजग रहनुहोस्। पूरा आत्मबलका साथ काम गर्नाले पक्का सफल भइनेछ।

वृश्चिक राशि 

यो महिना तपाईंको लागि शुभ साबित हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्ने सम्भावना उच्च रहेको छ। सामाजिक क्षेत्रमा वरिष्ठ व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। साथी-भइसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्न सफल भइनेछ।

धनु राशि 

यो महिना तपाईंले सोचे जस्तो सफलता प्राप्त गर्न सक्नु हुनेछैन। नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। विद्यार्थी वर्गको लागि यो समय अत्यन्त शुभ साबित हुनेछ। सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ। कुनै वरिष्ठ व्यक्तिको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। व्यापार व्यवसाय क्षेत्रमा भने त्यति सफल्ता नमिल्ला।

मकर राशि 

यो महिना तपाईंको लागि सकारात्मक रहनेछ। कार्यक्षेत्रमा प्रभुत्व जमाउन सफल हुनुहुनेछ। सामाजिक कार्य गर्न रुची बढ्नेछ। मधुर बोलीले अरुको मन जित्न सकिनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनेछ। महिनाको अन्त्यमा अनावस्यक झुटा आरोप लाग्न सक्छ, सजग रहनुहोला। स्वास्थ्यमा पनि समस्या आउनसक्छ।

कुम्भ राशि 

आर्थिक दृष्टिकोणबाट यो महिना तपाईंको लागि शुभ रहनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त अनुकूल रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहनेछ। रोजगारको खोजीमा रहेका मानिसले सफलता प्राप्त गर्ने सम्भावना उच्च रहेको छ। जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोस्।

मीन राशि 

मीन राशिका मानिसको लागि यो महिना अनुकूल रहनेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रमा सफलता मिल्ने सम्भावना उच्च रहेको छ। कार्यक्षेत्रमा तपाईंको कामले उच्च पदाधिकारी प्रशन्न रहनेछन्। हरेक क्षेत्रमा गरेको प्रयास सफल हुने देखिन्छ। महिनाको अन्त्यमा भने समय केहि प्रतिकूल हुनसक्छ।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७१९:३०

आज चैत्र ५ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !