“सभामुख नै सेटिङमा चल्न थाले”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको आरोप लगाएका छन्। मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्नेक्रममा ओलीले सभामुख सेटिङमा चलेको आरोप लगाएका हुन्।

ओलीले संसदलाई चल्न नदिइएको आरोप लगाए। सभामुख संविधान कार्यान्वयनको कर्तव्यबाट चुकेको समेत ओलीको आरोप छ। संसद पुनःस्थापना भएपश्चात सरकारले संवैधानिक दायित्व पूरा गर्न समेत नपाएको ओलीले बताए। संविधानको कार्यान्वयनप्रति सभामुख प्रतिवद्ध नरहेको ओलीको आरोप छ।

ओलीले भने,”सभामुखले मन्त्रीजी एकछिन पख्नुस् भनेर रोकेपछि एकछिन स्थगित भनेर अर्कोदिनलाई सर्‍यो भनेर संवैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन। संविधानको कार्यान्वयनप्रति सभामुखको जुन प्रतिवद्धता रहनुपर्थ्यो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति र सेटिङबाट कार्यान्वयन हुन दिइएन ।”

संसद विकास निर्माण र जनतालाई सेवा पुर्याउने थलो बनाइनुपर्ने भएपनि राम्रोसँग चल्न नदिइएको पनि ओली बताए। ओलीले भने,”देश र जनताका हितका निम्ति काम गर्ने थलो बनाउ। विकास निर्माण र जनतालाई सेवा पुर्याउने थलो बनाउ। हाम्रो प्रयास रहि आएको छ। रहनेछ। तर संसदलाई त्यसरी चलाउन दिइएको छैन। चलाइएको छैन।”

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७१४:२३

माधव नेपाल पक्ष कम्फर्टेबल पार्टीमा बिलिन हुने बाँस्कोटाको भविष्यवाणी !