काठमाडौँ – नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले माधव नेपाल पक्ष ‘कम्फर्टेबल पार्टी’मा बिलिन हुने टिप्पणी गरेका छन्।
माधव नेपाल पक्षले बुधबारका लागी बोलाएको राष्ट्रिय भेला बारे ट्वीटर मार्फत टिप्पणी गर्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले माधव नेपाल पक्ष पछि गएर ‘कम्फर्टेबल पार्टी’मा बिलिन हुने बताएका हुन्।
माधव नेपाल पक्षले गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०-२०ले फ्लाेर क्रस गरेर कारवाही भाेग्ने र पछि नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने रणनीति सहित अगाडी बढेको बाँस्कोटाको भनाई छ।
केहि समय अगाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस, आफूहरु र जसपा मिल्दा भारतलाई समेत कम्फर्टेबल हुने बताएका थिए। त्यसयता नेकपा एमालेका नेताहरुले प्रचण्डलाई ‘कम्फर्टेबल पार्टी’का अध्यक्ष समेत भन्नेका गरेका छन्।
त्यस्तै बाँस्कोटाले ४ गरेको बैठक किन भन्दै प्रश्न पनि गरेका छन्।
बाँस्कोटाले गरेको ट्वीट यस्तो छ –

माधब रणनीति स्पष्ट छ- गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०-२०ले फ्लाेर क्रस गरेर कारवाही भाेग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाव छेका नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने। स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन।नत्र ४ गतेकाे भेला किन?
माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने,संसदमा १०-२०ले फ्लाेर क्रस गरेर कार्वाही भाेग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने।स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन।नत्र ४ गतेकाे भेला किन?
— Gokul Prasad Baskota (@GokulPBaskota) March 16, 2021

