फागुन शुक्ल पक्षको चतुर्थी तिथिको दिन विनायक चतुर्थीको रूपमा मनाइन्छ। यो वर्ष विनायक चतुर्थी चैत्र ४ गते बुधबार अर्थात् भोलि परेको छ। बुधबारको दिन गणपति बप्पालाई समर्पित छ। यो पटक यो तिथि बुधबारे परेकोले यस दिनको महत्व अझ बढेको छ। विनायक चतुर्थीको दिन श्रीगणेशको पूजा र उपवास गर्दा गणपतिले आफ्ना भक्तहरूको सबै इच्छा पूरा गर्छन्। धन, प्रेम विवाह, मानसिक शान्ति प्राप्त गर्न विनायक चतुर्थीमा यी उपायहरू गरेर तपाईं गनपतिलाई प्रशन्न पार्न सक्नुहुन्छ।
यदि तपाई आफ्नो जीवनमा धेरै समस्याबाट गुज्रिरहनु भएको छ, जसबाट बाहिर निस्कन सम्पूर्ण प्रयास गरे पनि समस्याहरुबाट छुटकारा पाउन सकिरहनु भएको छैन भने यसका लागि विनायक चतुर्थीमा १०८ पटक गणेश जीको मन्त्र जप गर्नुहोस्। यो मन्त्र जप गर्नले केवल तपाईंको समस्याको समाधान मात्र नभएर यो मन्त्र जप गर्दा गणपति प्रशन्न भएर आफ्ना भक्तका सबै इच्छाहरू पूरा गर्छन्।
मन्त्र: “ओम गण गणपतये नम:”
यदि तपाईं पैतृक सम्पत्तिसँग सम्बन्धित विवादबाट चिन्तित हुनुहुन्छ भने विनायक चतुर्थीको दिन गणेशलाई चाँदीको टुक्रा अर्पण गर्नुहोस्। यस बाहेक, यदि तपाई कुनै प्रकारको मानसिक तनावबाट चिन्तित हुनुहुन्छ भने गणेशलाई शंकरा बिनायक चतुर्थीमा अर्पण गर्नुहोस्। यसले मानसिक शान्ति ल्याउँछ भन्ने विश्वास छ।
यदि कसैको प्रेम जीवनमा समस्या भइरहेको छ भने उनीहरूले विनायक चतुर्थीमा भगवान गणेशलाई पाँच इलाइची र ल्वांग चढाउनु पर्छ। यसो गर्नाले श्रीगणेश प्रशन्न हुन्छन् भन्ने विश्वास रहेको छ, जसको कारण तपाईंको सम्बन्धमा मधुरता आउँछ। विवाहित व्यक्तिहरूले विनायक चतुर्थीको दिन मन्दिरमा गएर भगवान गणेशलाई हरियो वस्त्र चढाउनु पर्छ। यसो गर्दा वैवाहिक जीवन सुखमय रहन्छ।