काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ससुराली गाउँको पुगेका छन्। चार्टड गरिएको हेलिकप्टरमा राई पत्नी जाङ्मु शेर्पा सहित ससुराली गाउँको पुगेका हुन्।
आफ्नो जन्मथलो संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण गर्दाका केहि तस्विरहरु राई पत्नी जाङ्मुले सामाजिक संजाल मार्फत सार्वजनिक पनि गरेकी छन्। तस्विर सार्वजनिक गर्दै जाङ्मुले जन्मस्थल जान पाउँदा निकै खुसी लागेको बताएकी छन्।
“भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै,मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो,धेरै खुशी लाग्यो”,तस्विर सार्वजनिक गर्दै जाङ्मुले फेसबुकमा लेखेकी छन्।
त्यस्तै जाङ्मुले आफ्नो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरेको पनि बताएकी छन्। सडक, विद्युत, शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेको कुरामा राईको ध्यानाकर्षण भएको जाङ्मुको भनाई छ।
जाङ्मुले फेसबुकमा थप लेखेकी छन्,”मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, विद्युत, शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।”
तस्विर: शेरधन राईकी श्रीमती जाङ्मुको फेसबुकबाट