बेदाग अनुहारले मानिसको सुन्दरतालाई अझ बढाउँछ। किनकि यदि अनुहारको छाला सफा छैन भने राम्रो अनुहार पनि राम्रो देखिदैन। तर अनावश्यक रूपमा अनुहारमा हुने साना दाग र धब्बाले अक्सर छाला खराब गर्छ। यस्तोमा तपाईं एक घरेलु उपाय अपनाएर पनि यस्ता समस्याबाट सजिलै छुटकारा पाउन सक्नुहुनेछ। यो उपाय गरेर अनुहारका दाग-धब्बाबाट छुटकारा पाउन सकिन्छ। सब भन्दा महत्त्वपूर्ण कुरा यो हो कि यस प्याक बनाउनको लागि आवश्यक सबै चीजहरू सजिलै घरमा उपलब्ध हुन्छन्।

सामग्री
- मुल्तानी माटो
- चुकन्दर
- बदामको तेल
- दही

फेस प्याक तयार गर्नको लागि सबैभन्दा पहिला एक चम्चा मुल्तानी माटो लिएर त्यसमा एक चम्चा दही मिलाउनुहोस्। अब चुकन्दर पिसेर हाल्नुहोस् र त्यसमा थोरै बदामको तेल मिक्स गर्नुहोस्। अब यी सबैलाई राम्रोसँग मिक्स गर्नुहोस्।

अनुहारका दाग-धब्बा हटाउनुका साथै डार्क-सर्कल हताउनको लागि पनि यो प्याक कारगर हुन्छ। यो फेस प्याक राम्रोसँग मिक्स गर्नुहोस् र अनुहारमा लगाउनुहोस्। मुलतानी माटो र चुकन्दरले छालामा मेलाननिनको उत्पादन रोक्छ। जसको कारणले अनुहारको काला दागहरु हट्छ।

अब राम्रोसँग मुख धोएर चुकन्दर र दहीको फेस प्याक लगाउनुहोस्। जब यो राम्रोसँग सुक्छ, यसलाई पानीले धुनुहोस् र अनुहार सफा गर्नुहोस्। त्यसपछि अन्तिममा एलोभेरा जेल लिनुहोस् र यसले अनुहारको मालिस गर्नुहोस्। पाँच मिनेट मालिश गरेपछि अनुहार सफा गर्नुहोस्।

