ब्लडप्रेसर लो छ ? यस्तो भए अपनाउनुहोस् यस्ता घरेलु उपाय !

रक्तचापको समस्या आजको समयमा आम समस्या भएको छ। एक उमेर पछि अधिकांश व्यक्ति रक्तचाप बढ्ने वा घट्ने समस्याबाट ग्रस्त हुन्छन्। अचानक रक्तचाप घट-बढ हुँदा कतिपय ,मानिस त्रसित हुने गर्छन्। रक्तचाप असंतुलित हुने बित्तिकै तपाईले औषधी लिनै पर्छ भन्ने आवश्यक छैन। केहि घरेलु उपचारहरू प्रयोग गरेर तपाईं रक्तचापलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ।

आज हामी तपाईंलाई रक्तचाप घट्दा के-कस्ता उपाय गर्न सकिन्छ भन्ने बारे बताउँछौं…..

तुलसी र मह 

तपाईं तुलसीको पात यसै पनि खान सक्नुहुन्छ, तर यदि तपाईं तत्काल फाइदा चाहनुहुन्छ भने तुलसीका पातहरूको रस निकाल्नुहोस्। यसमा मह थप्नुहोस् र खानुहोस्। तुलसीमा रहेको भिटामिन सी, म्याग्नेशियम, पोटाशियमले रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ।

चुकन्दर

चुकन्दरको रस तपाईं रक्तचाप घट्दा वा बढ्दा दुबै अवस्थामा सेवन गर्न सक्नुहुन्छ। यसले दुबै अवस्थामा फाइदा गर्छ। तर विशेषगरी रक्तचाप कम हुँदा यसको सेवन गर्नु धेरै लाभदायक हुन्छ। कम रक्तचाप हुनेहरूले दिनमा एक पटक चुकन्दरको रस पिउनु पर्छ।

गाँजर र मह 

यदि तपाईंको रक्तचाप कम छ भने दैनिक रूपमा मह मिलाएर गाँजरको रस पिउन सक्नुहुन्छ। यदि तपाईंले बिहान उठ्ने बित्तिकै गाँजरको रस सेवन गर्नुभयो भने दिनभर रक्तचाप सन्तुलित रहनेछ। यसको सेवन खाली पेटमा नै गर्नुपर्छ।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७१७:४७

अनुहारको काला दाग-धब्बा हटाउन प्रयोग गर्नुहोस् यी चीज, केहि दिनमै देखिनेछ चमकदार !