दुनियामा यस्ता थुप्रै सडक छन् जुन कुनै न कुनै कारणले प्रख्यात छन्। जस्तै: कुनै दुनियाको सबैभन्दा लामो सडक हुन्छ र कुनै सबैभन्दा छोटो र कुनै सबैभन्दा फराकिलो। सामान्यतया सडक निर्माण गर्न ईटा, ढुङ्गाका साथै सिमेन्ट जस्ता चीज प्रयोग गरिन्छ। तर के तपाईंलाई थाहा छ कि विश्वमा यस्तो सडक पनि छ जुन सडक निर्माण गर्नको लागि यी चीजहरू बाहेक मानव हड्डीहरू पनि प्रयोग गरिएको छ? तपाईंलाई यो सुनेर अचम्म लाग्छ सक्छ तर यो सत्य हो र यसै कारण यसलाई’रोड अफ बोन्स’ अर्थात् हड्डीहरुको सडक पनि भनिन्छ।
वास्तवमा, यो सडक एक राजमार्ग हो, जुन रूसको सुदूर पूर्वी क्षेत्रमा अवस्थित छ। यसको असली नाम कोलयमा राजमार्ग हो, जुन २०२५ किलोमिटर लामो छ। मानव हड्डी र कंकाल प्राय: यस राजमार्गमा भेटिन्छन्। ‘रोड अफ बोन्स’ नामले परिचित यस राजमार्गको कथा निकै भयानक छ। चिसो मौसममा यस क्षेत्रमा धेरै हिउँ पर्ने गर्छ जसका कारण सडकहरू ढाकिएको हुन्छ। भनिन्छ कि हिउँका कारण सवारी साधनहरू सडकमा चिप्लिन्छन् भनेर यसको निर्माण गर्दा मानव हड्डीहरू पनि बालुवाका साथ मिलाइयो।
यो राजमार्ग जोसेफ स्टालिनको समयमा बनेको थियो जसलाई सोभियत संघको तानाशाह भनिन्थ्यो। भनिन्छ कि यसको निर्माणको लागि करिब १० लाख मानिसले आफ्नो ज्यान गुमाउनु परेको थियो। यसको पछाडिको कथा यस्तो छ कि यो राजमार्गको निर्माण १९३० को दशकमा शुरू भयो र मजदुर र कैदीहरू यस काममा संलग्न थिए। उनलाई कोलयमा क्याम्पमा कैदी बनाएर राखिएको थियो।
भनिन्छ कि यदि एक पटक कुनै पनि कैदी कोलयमा क्याम्प जान्थ्यो भने उसलाई त्यहाँबाट फर्कन असम्भव थियो। यहाँबाट भाग्न खोज्नेहरू लामो समयसम्म जीवित रहन सक्दैनथे किनकि तिनीहरू या त भालूको शिकार हुन्थे वा धेरै जाडोले वा भोकले बच्न सक्दैन थिए। यसरी ज्यान गुमाउने कैदीहरुलाई त्यहि सडक सडकमा प्रयोग गरिन्थ्यो।