‘अस्ट्रियन मेस्सी’ को नाम पाएका युसुफ डेमिर माथि बार्सिलोना लागायतका युरोपक टप क्लबको नजर रहेको छ। र्यापिड भियनाका अग्रपंक्तिका यी नयाँ मेस्सीको संज्ञा दिइएको खेलाडीले बार्सिलोना बाहेक म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड जस्ता क्लबको ध्यानाकर्षण गरेका छन्।
इएसपीएनको एक रिपोर्ट अनुसार बार्सिलोनाले १७ वर्षीय यी खेलाडी माथि चासो देखाएको छ। यस्तोमा क्रोनेन जेइटुंगका अनुसार बार्सिलोनाले र्यापिड भियना स्ट्राइकरको लागि ६ देखि ८ मिलियन युरोसम्मको अफर गर्न तयार रहेको छ। डेमिरको र्यापिडसँगको सम्झौता २०२२ को समरमा सकिने हुँदा क्लब उनलाई यहि समरमा बेच्न तयार भएको बताइन्छ।

अग्रपंक्तिमा कुनै पनि स्थानमा खेल्न सक्ने डेमिरले आफ्नो बल नियन्त्रण र सुटिंग सामर्थ्यको कलाले सबैलाई प्रभावित गर्न साफल भएका छन्। यद्यपि उसले आफ्नो खेलको डिफेन्सिभ पक्षमा भने काम गर्न आवश्यक छ।

र्यापिडको युथ एकेडेमीको उत्पादन डेमिरले २०१९ मा पहिलो टोलीमा डेब्यु गरेका थिए। यो सिजन मात्र उनले क्लबका लागि २४ खेल खेल्दै ६ गोल गरिसकेका छन् भने थप २ असिस्ट पनि प्रदान गरेका छन्।

