काठमाडौँ, डोल्पा जिल्लाको सुलिगार्डदेखि फोक्सुण्डो सडक खण्डमा डोजर दुर्घटना हुदा एकजनाको ज्यान गएको छ भने एकको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका नजिकै डोजर दुर्घटना भएको हो। दुर्घटनामा परी जाजरकोटको १७ वर्षीय हेमराज सिंहको मृत्यु भएको छ। त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाका १५ वर्षीय एकराज बुढाको हात र खुट्टामा चो-ट लागेकोले उनलाई उपचारको लागी त्रिपुराकोटतर्फ लागिएको छ।

डोल्पाको प्रहरीको अनुसार बुधबार बिहान करिब ६ बजे डोजर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। डोजर चालक अनमोल सिंह फरार भएका छन्। साथै डोजरका मालिक जाजरकोट जिल्ला नलगाड नगरपालिकाका भिम बाहोरा रहेको बताइएको छ।