दैनिक बिहान खानुहोस् किसमिस भिजाएको पानी, मिल्नेछ थुप्रै चमत्कारिक फाइदा !

सुख्खा फलमा पर्ने किसमिसको स्वाद र गुणगरुको बारेमा त हामी सबैलाई थाहा नै होला। तर के तपाईंले कहिल्यै सुन्नु भएको छ किसमिसको पानीको बारेमा ? किसमिस पानी पनि धेरै फाइदाजनक हुन्छ। किसमिस पानीले हाम्रो शरीरमा मेटाबोलिजमको स्तर नियन्त्रण गर्न मद्दत गर्छ। जानुहोस् किसमिसको पानी तयार गर्ने तरिका र यसको फाइदाको बारेमा….

तरिका 

२ कप पानी र १५० ग्राम किसमिस लिनुहोस्। एउटा प्यानमा पानी हाल्नुहोस् र त्यसलाई उमाल्नुहोस्। उमालेको पानीमा किसमिस हाल्नुहोस् र रातभरको लागि भिज्न दिनुहोस्। बिहान उठेर पानी छान्नुहोस् र मन तातो बनाउनुहोस्। त्यसपछि, खाली पेटमा उक्त पानी पिउनुहोस्। पानी पिएपछि ३० मिनेटसम्म केहि खानु वा पिउनु हुँदैन।

फाइदा 

  • किसमिसको पानी पिउनाले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। यसले कलेजोको बायोकेमिकल प्रक्रियालाई सुधार गर्छ र रगत सफा गर्न मद्दत गर्छ।

  • किसमिस पानीले तपाईंको रगतको शुद्धिकरणको काम गर्छ र तपाईंको हृदयको स्वास्थ्य कायम राख्न मद्दत गर्छ। यसले तपाईंको शरीरमा खराब कोलेस्ट्रोल नियन्त्रण गर्छ।

  • यसले तपाईंको वजन कम गर्न पनि मदत गर्छ। किसमिसमा फ्रुक्टोज र ग्लुकोज प्रशस्त मात्रामा पाइन्छ, जसले तपाईंलाई ऊर्जाले भरिपूर्ण राख्छ।

  • किसमिसमा फाइबर हुन्छ जुन तपाईंको पाचन प्रणालीको लागि धेरै राम्रो हुन्छ। किसमिसको पानी पिउँदा यसले पाचन सुधार गर्न मद्दत गर्छ। यसले कब्जियत र अपच जस्ता समस्याहरूलाई पनि हटाउन सक्छ।

  • किसमिसमा बोरन हुन्छ जसले हड्डीहरूको निर्माणमा मद्दत गर्छ। किसमिसमा क्याल्शियम पनि हुन्छ जसलाई हड्डीहरूका लागि धेरै राम्रो मानिन्छ।
प्रकाशित : बुधबार, चैत ०४, २०७७१९:३२

जलेको ठाउँमा निशान नबसोस् भन्ने चाहनुहुन्छ भने गर्नुहोस् यस्ता घरेलु उपाय