लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले एक दशक भन्दा बढी समयको लागि ब्यालुन डी ओरमा आफ्नो प्रभुत्व जमाए। उनीहरूले अन्तिम १२ वर्षमा ११ पटक ब्यालुन डी ओर अवार्ड जिते। तर यदि मेस्सी र रोनाल्डोले फुटबल नै नखेलेको भए के ?
सन् २००८ देखि को खेलाडी विश्वको सर्वोत्कृष्ट खेलाडी भन्नेमा कुनै शंका हुन सकेन किनकि रोनाल्डो र मेस्सीले एक उत्कृष्ट सिजन के हो भनेर सबैको धराणा नै परिवर्तन गरिदिए। २००८ देखि २०१९ को समयमा यी दुई खेलाडीले हरेक रेकर्ड तोडे, हरेक उपाधि जिते, हरेक सफलता हात पारे जुन अझै पनि जारी रहेको छ।
त्यो समयमा मेस्सीले छ वटा ब्यालुन डी ओर उपाधि जिते, रोनाल्डोले पाँच। पहिलो १० वर्षमा यी दुई भन्दा अरु कुनै पनि खेलाडीले यस उपाधि जित्न सकेन, २०१८ मा लुका मोड्रिकले नजितेसम्म।
यो समय अवधिमा केहि यस्ता समय पनि आएका थिए जब मानिसलाई लागेको थियो कि अरु खेलाडी पनि ब्यालुन डी ओर अवार्ड जित्न योग्य थिए। यस्तोमा आज हामी तपाईंलाई २००८ देखि २०१९ सम्म यदि मेस्सी र रोनाल्डो नभएको भए को-को खेलाडीले ब्यालुन डी ओर जितेका हुन्थे त भन्ने बारेमा बताउँदैछौं।
यो सूची हरेको वर्ष मेस्सी र रोनाल्डो बाहेक अरु खेलाडी मध्ये सबैभन्दा धेरै भोट जसले पाएको थियो, त्यसको आधारमा रहेको छ।
२००८: फर्नान्डो टोरेज
२००९, २०११: जाभी हर्नान्डेज
२०१०, २०१२: आन्द्रेज इनिएस्टा
२०१३: फ्रान्क रिबेरी
२०१४: मानुएल नुएर
२०१५, २०१७: नेइमार
२०१६: एन्टोइन ग्रिज्मन
२०१९: भर्जिल भानडाइक