२०१९ मा चेल्सी र म्यानचेस्टर सिटी बीचको खेलको खेल पेनाल्टी सुटआउट तर्फ मोडिदै थियो। तब चेल्सीका तत्कालिन प्रशिक्षक माउरिसियो सारीले आफ्ना गोलकिपर केपालाई पेनाल्टी स्पेसियलिस्ट किपर मानिने विली काबलेरोसँग सब्स्टीच्युट गर्न खोजे। तर केपाले आफू सब्स्टीच्युट हुन कतै मानेनन्।
#OnThisDay in 2019…#CFC goalkeeper Kepa refused to be substituted by manager Maurizio Sarri during Chelsea's Carabao Cup final clash with #MCFC! pic.twitter.com/9kXQrXENaz
— Sky Sports Premier League (@SkySportsPL) February 24, 2021
यो घटना निकै चर्चामा रह्यो। धेरैले यसको मिम पनि बनाए। सामाजिक सञ्जालमा चेल्सीको नयाँ प्रशिक्षक केपा भएको समेत मजाक बन्यो। तर चेल्सीका केपा मात्र यस्ता खेलाडी हैनन् जो सब्स्टीच्युट हुन मानेनन्। एक पटक विश्व कै सर्वोत्कृष्ट खेलाडी मानिने बार्सिलोनाका लियोनल मेस्सी पनि आफू सब्स्टीच्युट हुन मानेका थिएनन्।
Messi refuses to be substituted against Eibar .The two engaged in a war of hand-waving before Messi turned away his head, walking further up the field and ignoring his boss’ pleas. Enrique wanted resting messi for next match.#CHEMCI #sarri #KepaGate pic.twitter.com/I9018o3oaY
— Rohan waghe (@waghe_rohan) February 25, 2019
सन् २०१४ आइबारसँगको खेलमा बार्सिलोनाका तत्कालिन प्रशिक्षक लुइस एनारिके मेस्सीलाई आराम दिन चाहन्थे, जसको कारण उनले मेस्सीको स्थानमा मुनिर एल हेडाडीलाई उतार्ने निर्णय गरे। तर मेस्सीले सब्स्टीच्युट हुन सरासर इन्कार गर्दिए। उनले एनारिकेलाई थम्ब्स-अप दिँदै आफू सब्स्टीच्युट हुन मानेनन्। अन्तत: मेस्सीको सट्टा नेइमारको स्थानमा मुनिर मैदान प्रस्थान गरे।
खेल सकिएपछि एनारिकेले पनि यसको पुष्टि गरेका थिए। उनले भने,”जे भएको थियो धेरै हिसाबले व्याख्या गर्न सकिन्छ। कहिलेकहिँ लाग्छ हामी कति भाग्यमानी छौं कि हामीसँग मेस्सी छन्। हाम्रोलागि उसले पिचमा के गर्छ भन्ने कुरा मात्र होइन। उनी टिमका साथीहरूको लागि पनि ठूलो प्रेरणादायक हुन्।”