काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। हप्ताको तीन दिन एकै मूल्यमा करिबार भएर बुधबार बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जसपश्चात छापावाला सुनको मूल्य ८७ हजार २ सय कायम भएको छ। यस अगाडी छापावाला सुनको मूल्य आइतबार, सोमबार र मंगलबार तिनै दिन ८६ हजार ६ सय रुपैंया थियो भने बुधबार ८६ हजार ९ सय रुपैंयाँ थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुनको मूल्य ८६ हजार ७ सय ५० रुपैंयाँ रहेको छ। यस अगाडी छापावाला सुनको मूल्य आइतबार, सोमबार र मंगलबार तिनै दिन ८६ हजार १ सय ५० रुपैंया थियो भने बुधबार ८६ हजार ७ सय ५० रुपैंयाँ थियो।

आज कायम भएको सुनको मूल्य गत फागुन १९ गते यताकै बढी हो। त्यसदिन छापावाला सुन ८७ हजार ५ सय र तेजाबी सुन ८७ हजार ५० रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा रु २० ले बढेर चाँदीको मूल्य १२ सय ९० रुपैंयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

