फुटबलमा कुनै एक खेलाडीलाई सर्वोत्कृष्ट भन्न मिल्दैन: लेवान्डोस्की

बार्यन म्युनिखका सुपरस्टार रोबर्ट लेवान्डोस्कीको नजरमा फुटबल इतिहासमा थुप्रै प्रशंसनीय रहेका छन् तर उनी कुनै एक खेलाडीलाई सर्वोत्कृष्ट भन्न सक्दैनन्। पछिल्लो समय बार्यन म्युनिखलाई जर्मन तथा युरोपियन च्याम्पियन बनाउन प्रमुख भूमिका खेलेका लेवान्डोस्कीले फुटबलमा कुनै एक मात्र खेलाडीलाई सर्वोत्कृष्ट भन्न नमिल्ने बाताएका हुन्।

बिल्डसँगको अन्तर्वार्तामा लोथर म्याथाउससँग कुरा गर्दै लेवान्डोस्कीले एक जना खेलाडीलाई फुटबलका सर्वश्रेष्ठ खेलाडीको पदवी दिन मानेनन्। “एक खेलाडीलाई तोक्न सकिन्न। समय अनुसार खेलाडी फरक हुन्छन्। कुनै समय स्वयम् तपाईं पनि सर्वोत्कृष्ट हुनुहुन्थ्यो,”उनले बार्यन तथा जर्मन दिग्गज तथा १९९० विश्वकप विजेतालाई भने।

पहिलेको समयमा रोनाल्डो, रोनाल्डिन्हो जस्ता खेलाडी र अहिलेको समय क्रिस्टियानो, मेस्सी जस्ता खेलाडी छन् जसले फुटबल खेललाई सजिलो देखाउने गरेको उनले बताए। त्यसैले गर्दा फुटबलमा थुप्रै प्रशंसनीय खेलाडी भएको कारणले एक जनालाई सर्वोत्कृष्ट भन्न नसकिने लेवान्डोस्कीको बुझाई रहेको छ।

प्रकाशित : बिहिबार, चैत ०५, २०७७१२:२६

रियल फर्किन रोनाल्डोको एक मात्र सर्त !