पेरिस सेन्ट जर्मेनको ड्रेसिंग रूमका ठूला नामहरु बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई क्लब भित्र्याउनको लागि सक्दो कोशिश गरिरहेका छन्।
यो कुनै आश्चर्यजनक कुरा होइन कि मेस्सीका पूर्व टिममेट नेइमार अर्जेन्टिनी कप्तानलाई पीएसजीमा सामेल हुनको लागि लगातार व्हाट्सएपमा म्यासेज गरिरहेको बताइएको छ। तर एक रिपोर्टका अनुसार फ्रान्सेली स्टार किलियन एम्बाप्पे पनि मेस्सीलाई पीएसजी लेराउन आफ्नो तर्फबाट सक्दो कोशिश गरिरहेका छन्।
विश्वकप विजेता एम्बाप्पेले ट्विटरमा पीएसजी र बार्सिलोना बीचको च्याम्पियन्स लिगको खेलको आफ्नो र बार्सिलोनाका कप्तान मेस्सीको एक फोटो हाल्दै क्यप्शनमा दुई वटा इमोजी राखेका छन्, जसबाट उनको मेस्सी प्रतिको सम्मान देख्न सकिन्छ। त्यस्तै, उनले सोहि फोटो इन्स्टाग्राममा पनि पोस्ट गर्दै लेखेका छन्,”मलाई दिनहुँ यो सपना बाँच्ने अवसर दिएकोमा म फुटबललाई धन्यबाद दिन चाहन्छु।”
🙌🏽🙏🏽… pic.twitter.com/5wzwC67BQk
— Kylian Mbappé (@KMbappe) March 11, 2021
पक्कै पनि यो कुरा सामान्य नै हो कि फ्रान्सेली युवा खेलाडीले फुटबलका सर्वोत्कृष्ट खेलाडी मध्ये एकलाई आफ्नो सम्मान व्यक्त गरिरहेका थिए। तर रिपोर्टका अनुसार यो स्पष्ट छ कि फ्रेन्च क्लबका मुख्य खेलाडीहरुले मेस्सीको प्रसंशा गरिरहेका छन्, जुन स्वागतको प्रष्ट संकेत हो।