लुइस फिगोको नजरमा रोनाल्डो, मेस्सी सहित यी हुन् ६ खेलाडी हुन् विश्वका उत्कृष्ट !

पूर्व बार्सिलोना तथा रियल म्याड्रिड र पोर्चुगल दिग्गज लुइस फिगोले वर्तमान समयका ६ बेस्ट खेलाडी बताएका छन्। ६ पटकका पोर्चुगिज फुटबलर अफ द इयर घोषित फिगोले २ पटक लालिगा उपाधि, एक सरी-ए उपाधि र एक च्याम्पियन्स लिग उपाधि पनि जितेका छन्। साथै उनी सन् २००० का ब्यालुन डी ओर विजेता पनि हुन्।

युइएफएका सल्लाहकारको रूपमा काम गर्दै आएका ४८ वर्षीय पोर्चुगिजले यस हप्ताको सुरुमा अहिलेको समयमा विश्वका टप ६ खेलाडीका नाम बताएका छन्। आरएम लाइभसँग कुरा गर्दा फिगोलाई हाल फुटबलका शीर्ष पाँच खेलाडीहरूको नाम लिन आग्रह गरिएको थियो। तर फिगोले ५ को सट्टामा टप ६ खेलाडीको नाम लिए।

उनको टप ६ खेलाडीको सूचीमा एर्लिंग हालान्ड र केभिन डी ब्रुएनको नाम भने अटाएन। साथै २०२० को फिफा बेस्ट प्लेयर रोबर्ट लेवान्डोस्की पनि उनको रोजाइमा परेनन्। उनका अनुसार विश्वका टप ६ खेलाडी यस प्रकार छन्: लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, किलोयन एम्बाप्पे, नेइमार, लुका मोड्रिक र मोहम्मद सलाह।

प्रकाशित : बिहिबार, चैत ०५, २०७७१९:०८

को हुन् त च्याम्पियन्स लिगका गोल किंग ? यी हुन् प्रतियोगिताको इतिहास मै सबैभन्दा धेरै गोल गर्ने खेलाडी !