सामान्य मानिसले हातले गर्न नसक्ने काम यी बच्चाले खुट्टाले गरेर देखाए [भिडियो सहित]

विश्वास गर्नुहोस्…. जुन काम कतिपय मानिस आफ्नो हातले गर्न सक्दैनन्, त्यो काम एक ८ वर्षीय बच्चाले आफ्नो खुट्टाले गरेर देखाए। यस बच्चाको नाम अथर्व आर भट हो। उनी भारतका बंगलुरुका हुन्। हालै मात्र उनले १ मिनेट ३० सकेन्ड भन्दा पनि कम समयमा एक साथ ३ रुबिक्स क्युब सल्ब गरेर गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन्। यसको लागि, अथर्वले रुबिक्स क्युब केवल हातले मात्र नभएर आफ्ना खुट्टाले पनि हल गरे। उनको यो क्षमता देखेर धेरै मानिस आश्चर्यमा छन्।

१ मिनेट ४६ सकेन्डको यो भिडियो १५ मार्चको दिन गिनीज वर्ल्ड रेकर्ड यूट्यूब च्यानलबाट साझा गरिएको थियो। यसको क्याप्शनमा लेखिएको छ, दुई हात र दुई खुट्टाले तीन रुबिक्स क्युब सल्ब। समाचार लेख्ने समय सम्ममा, भिडियोलाई १ लाख भन्दा बढीले हेरिसकेका छन् र ३ हजार भन्दा बढी लाइकहरू प्राप्त गरेको छ।

सब भन्दा छोटो समयमा (१ मिनेट २९ सेकेन्ड), अथर्वले आफ्नो हात र खुट्टाले रुबिक्स क्युब समाधान गरे।

प्रकाशित : बिहिबार, चैत ०५, २०७७१९:०२

दुनियामै पहिलोपटक जन्मजात शिशुमा भेटियो कोरोना विरुद्धको एन्टीबडी !