शुरु भयो गर्मी महिना: गर्मीमा लगाउनुहोस यी ४ प्रकारको ब्रा, हुनेछ शितल र स्टाइलिश!

बिशेषगरि नेपालमा चैत महिना लागेसंगै गर्मि सुरु हुन्छ। गर्मीमा कसैलाई पनि बाक्लो र टाइट लुगा लगाउन मन पर्दैन। सबै मानिस गर्मी समयमा हल्का र आरामदायक कपडा लगाउन मन पराउछन्। गर्मीको समयमा महिलालाई ब्रा लगाउन मन पर्दैन। तर स्टाइल र आरामदायक लुकको लागि महिलाहरु ब्रा लगाउछन्। यदि तपाई गर्मीमा आरामदायक लुक चाहनुहुन्छ भने यी ब्रालाई ट्राइ गर्न सक्नुहुन्छ।

न्यूड शेड ब्रा

गर्मीमा न्यूड शेड ब्रा एकदम पर्फेक्ट रहनेछ। न्यूड कलरको ब्राले कम गर्मी हुन्छ। गर्मीको मौषममा कालो रङको ब्रा नलगाउनुहोला। कालो रङको ब्रा लगाउदा धेरै गर्मी हुन्छ। आरामदायक लुकको लागि न्यूड शेड ब्रा लगाउन सक्नुहुन्छ।

टिशर्ट ब्रा

गर्मी मौषमको लागि टीशर्ट ब्रा परफेक्ट हुनेछ । टीशर्ट ब्रामा पातलो  कपडाको प्रयोग गरिएको हुन्छ। गर्मीमा आरामदायक र स्टाइलिश लुकको लागि टीशर्ट ब्राको प्रयोग गर्न सक्नुहुन्छ।

कटन ब्रा

गर्मी मौषममा पसिना धेरै आउँछ। पसिनाको कारण धेरै पटक ब्राको तल जलन महसुस हुन्छ। यस्तो अवस्थामा तपाईले कटनको ब्रा लगाउन सक्नुहुन्छ। कटनको ब्रा लगाउनाले छालामा कुनै पनि एलर्जी हुदैन। स्टाइलिश र आरामदायक लुकको लागी कटन ब्रा एकदम परफेक्ट हुन्छ  ।

लाइट शेड ब्रा

गर्मी समयमा  महिलाहरु धेरैजसो लाइट ब्रा लगाउछन्। लाइट शेड ब्राले गर्मी कम हुन्छ। गर्मीको समयमा डार्क ब्रा नलगाउनुहोस। गर्मीमा महिला प्राय: लाइट ड्रेस लगाउछन्। लाइट शेड ब्रा लगाउनाले गर्मी कम हुन्छ  ।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७११:४३

महिलामा हुने अनियमित महिनावारीको समस्याबाट छुटकारा पाउन गर्नुहोस् यस्तो प्रभावशाली आसन, मिल्नेछ अनेक फाइदा !